एजेन्टमार्फत काम नगराउन म्यानपावरलाई विभागको चेतावनी « Khabarhub

एजेन्टमार्फत काम नगराउन म्यानपावरलाई विभागको चेतावनी


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई प्रतिनिधि एजेन्टमार्फत काम गराएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागले विहीबार विज्ञप्ति जारी गर्दै विगतदेखि काम गर्दै आएका एजेन्टमार्फत काम नगराउन म्यानपावर कम्पनीलाई सचेत गराएको हो । एजेन्टमार्फत काम गराएको थाहा पाए त्यस्ता म्यानपावर कम्पनीलाई कडा कारवाही गरिने विज्ञप्तिमा जनाइएको छ ।

विभागले विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को व्यवस्थालाई केही नेपाल ऐन संशोधन मार्फत संशोधन भइसकेको हुनाले कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारको एजेण्टको रुपमा काम नगर्न तथा म्यानपावर व्यवसायीलाई पनि त्यस्ता व्यक्ति नराख्न ध्यानाकर्षण गराएको हो ।

केहि नेपाल ऐन संशोधनले अव वैदेशिक रोजगार व्यवसायीले जिल्ला कार्यालयमार्फत काम गर्नुपर्नेछ । विभागका महानिर्देशक डा. भीष्म कुमार भुषालले एजेन्टमार्फत काम नगराउन म्यानपावरलाई आग्रह गरेका छन् । काम गराएको थाहा पाए कडा कानूनी कारवाही गरिने उनको भनाइ छ ।

 

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ५ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै