ज्ञानेन्द्र शाहीको रिहाई माग गर्दै अस्पतालभित्रै नाराबाजी « Khabarhub

ज्ञानेन्द्र शाहीको रिहाई माग गर्दै अस्पतालभित्रै नाराबाजी


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको रिहाईको माग गर्दै  समर्थकहरुले राष्ट्रिय ट्रमा सेन्टरमा नाराबाजी गरेका छन् ।

भ्रष्टाचार विरुद्धको कार्यक्रममा सुर्खेतका पत्रकारलाई गाली गर्दै गरेको एक भिडियो सार्वजनिक गरेपछि उनलाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।

पत्रकारलाई अश्लील शब्दमा गाली गरेको अभियोगमा  पक्राउ परेका उनलाई प्रहरीले हिरासतमा यातनासँगै कुटपीट गरेपछि अहिले उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनका समर्थकहरुले शाहीको रिहाई माग गर्दै अस्पताल क्षेत्रमा दैनीक नाराबाजी गर्दै आएका छन् । अस्पताल क्षेत्रमा नाराबाजी गर्न नपाइने भएपनि शाहीका समर्थकहरुले अस्पताल परिषर भित्रै नाराबाजी गरेपछि अस्पतालको सेवा प्रवाहमा समेत असर परेको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ६ : ४१ बजे

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा १५ वर्षीय बालक महाकालीमा बेपत्ता

दार्चुला– दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस

काठमाडौं- गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस