मुसलमानलाई कश्मीर उपहार दिन सकिन्नः शिवसेना « Khabarhub

मुसलमानलाई कश्मीर उपहार दिन सकिन्नः शिवसेना


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– मुसलमानहरुलाई उपहारका रुपमा कश्मीर नदिइने शिवसेनाले उद्घोष गरेको छ ।

शिवसेनाको मुखपत्र सामनाले सम्पादकीय लेख्दै कुनै पनि हालतमा मुसलमानहरुलाई कश्मीर उपहारका रुपमा नदिइने उद्घोष गरेको हो । सामनाको सम्पादकीयमा लेखिएको छ, ‘कश्मीरमा कुल जनसङ्ख्याको ६८.३५ प्रतिशत मुसलमान छन् भने २८.४५ प्रतिशत हिन्दुहरु छन्, यसको मतलब मुसलमानहरुलाई कश्मीर उपहारका रुपमा दिइन्छ भन्ने होइन ।’

सामनाको सम्पादकीयमा मुसलमानहरु पनि भारतीय नागरिक नै रहेकाले मुलुकको कानून उनीहरुमा पनि लागू हुने उल्लेख छ । सामनाले भारतीय संविधानको अनुच्छेद ३७० अनुसार कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा समेत फिर्ता गर्नुपर्नेमा जोड दिएको छ ।

शिवसेनाको मुखपत्र सामनाको सम्पादकीयमा नवनियुक्त गृहमन्त्री अमित शाहले जम्मू कश्मीरमा निर्वाचन क्षेत्रको सीमा निर्धारणको विषयलाई उठान गरेकोमा पनि प्रसंशा गरिएको छ । गृहमन्त्री शाहले केही दिन अघिमात्र राज्यका गभर्नर सत्यपाल मलिक, जासुसी व्यूरोका प्रमुख तथा गृहमन्त्रालयका वरिष्ठ अधिकारीसँग कश्मीरका विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना