अष्ट्रेलियाद्वारा वेष्ट इन्डिजसामु २ सय ८९ रनको लक्ष्य | Khabarhub Khabarhub

अष्ट्रेलियाद्वारा वेष्ट इन्डिजसामु २ सय ८९ रनको लक्ष्य


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले क्यारेबियन टोली वेष्ट इन्डिजलाई २ सय ८९ रनको लक्ष्य दिएको छ ।

नोटिङघामस्थित ट्रेन्टब्रिजमा भएको खेलमा अस्ट्रेलियाले ४९ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय ८८ रन बनायो । जारी विश्वकपमा दोस्रो खेल खेलेको अस्ट्रेलियाले टस हारेर ब्याटिङको निम्तो पाएसँगै ब्याटिङमा पनि कमजोर शुरुवात गरेको थियो ।

तर, अस्ट्रेलियालाई खेलमा फर्काउन स्टेभ स्मिथ र एलेक्सले उत्कृष्ट ब्याटिङ गर्दै वेष्ट इन्डिजमाथि हावी भएको थियो । अस्ट्रेलियाका लागि नाथन कौलटेर निलल खेलमा सर्वाधिक ९२ रन बनाए । उनले जम्मा ६० बलको सामना गर्दै ८ चौका र ४ छक्काको मद्दतमा ९२ रन बनाएका हुन् ।

यस्तै, स्मिथले १०३ बलमा ७३ रन बनाउँदा एलेक्स कारेयले ४५ रन बनाएका थिए । टस जितेर अस्ट्रेलियाविरुद्ध फिल्डिङ रोजेको वेष्ट इन्डिजका लागि कार्लोस बार्थबेटले ३ विकेट लिए भने ओसन थोमस, सेल्डन कोट्रेल, आन्द्रे रसेलले समान २–२ विकेट लिँदा जसन होल्डरले १ विकेट लिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : १७ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले