इंग्लिस प्रिमियर लिग : नटिङघमसँग चेल्सी स्तब्ध « Khabarhub

इंग्लिस प्रिमियर लिग : नटिङघमसँग चेल्सी स्तब्ध


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेस्टसँग चेल्सी स्तब्ध बनेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा नटिङघमले ३–२ गोलले हराउँदै चेल्सीलाई स्तब्ध बनाएको हो ।

नटिङघमका लागि मोर्गन गिब्स ह्वाइटले दुई तथा इगोर जिससले एक गोल गरेका थिए । यस्तै, चेल्सीका इमानुएल एमेघाले दुई गोल फर्काएका थिए ।

खेलको पाँचौँ मिनेटमा नटिङघमका जिससले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ५१औँ मिनेटमा गिब्सले गोल गर्दै नटिङघमको अग्रतालाई दोब्बर बनाए ।

खेलको ५४औँ मिनेटमा चेल्सीका एमेघाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर ७३औँ मिनेटमा गिब्सले व्यक्तिगत दोस्रो गोल गर्दै नटिङघमलाई ३–१ गोलले अघि बढाए ।

त्यसपछि ८९औँ मिनेटमा चेल्सीका एमेघाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए पनि टोलीको हारलाई टार्न सकेनन् ।

यो जितसँगै नटिङघम फरेस्ट १२ खेलबाट १२ अंकका साथ १४औँ स्थानमा उक्लिएको छ । पराजित भएको चेल्सी १६ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ६ : ४८ बजे

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

सुर्खेत- कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई

स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी

हुम्ला– हुम्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट किसानले आठ करोड

इंग्लिस प्रिमियर लिग : नटिङघमसँग चेल्सी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेस्टसँग चेल्सी स्तब्ध बनेको

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

म्याग्दी– कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको