बिरामीलाई ज्यानमारा औषधी दिने नर्सलाई जन्मकैदको फैसला « Khabarhub

बिरामीलाई ज्यानमारा औषधी दिने नर्सलाई जन्मकैदको फैसला


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जर्मनी– जर्मनीमा ८५ जान बिरामीलाई ज्यानमारा औषधी प्रयोग गराइएको अभियोगमा दोषी पाइएका एक नर्सलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

बिरामीलाई ज्यानमारा औषधी दिने नर्स निएल्स होइगेललाई जर्मनीको ओल्डेनबर्ग शहरको जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।  उनले बिरामीलाई प्राणघातक औषधि सेवन गराएर पुनः वीरतापूर्वक बचाउने प्रयत्न गर्दा बिरामीको मृत्यु भएपछि हत्या गरेको भन्दै दोषी ठहर गिरएको हो ।

सन् २००० देखि २००५ सम्म नर्स होइगेलले १ सय बिरामीको हत्या गरेको अभियोग लागेको थियो । उनले शुरुमा आफूले ४३ जना बिमारीको हत्या गरेको स्वीकार गरी बिरामीका परिवारसँग माफी मागेका थिए ।

तर, अभियोजनकर्ताले भने उनले १०० बिमारीकै हत्या गरेको भनी अदालतमा अभियोग दर्ता गराएका थिए । उनलाई १ सय मध्ये ८५ अभियोगमा दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई यसअघि सन् २०१५ मा दुई हत्या अभियोगमा दोषी ठहर भई हाल सजाय काटिरहेका छन् । उनमा मनोवैज्ञानिक समस्या भएको हुनसक्ने जर्मन सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ८ : ०३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको