कैलालीमा एक जनाको मृत्यु, घाइतेको संख्या ४० नाघ्यो « Khabarhub

कैलालीमा एक जनाको मृत्यु, घाइतेको संख्या ४० नाघ्यो


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ ।

हावाहुरीमा परेर एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।प्रहरीका अनुसार कैलालीको गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको छ ।

घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते तथा क्षतिको एकिन विवरण आउन बाँकी रहको प्रहरीले जनाएको छ ।

हावाहरीका कारण घर टहराको छाना उडेको छन् भने रुखहरु ढलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । बिजुलीका पोल ढल्दा कतिपय स्थानमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ ।

घटनास्थलमा प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ ।  यसैबीच, डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका छन्।बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ११ : ०६ बजे

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको