उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते « Khabarhub

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । उक्त घटनाबारे हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले जनाएको हो ।

उक्त टेलिभिजनका अनुसार, प्रान्तीय राजधानी अल–हाज्मस्थित एक सार्वजनिक बजारमा पटकपटक हवाई आक्रमण गरिएको थियो । त्यसैगरी, नजिकै रहेको अल–तैसीर इन्धन केन्द्रमा पनि छुट्टै आक्रमण भएको थियो । दुवै स्थानमा मानवीय क्षति भएको समाचारमा उल्लेख छ ।

अल–मसिराहका अनुसार, सुरुमा १२ जनाको मृत्यु भएको बताइएकामा पछि मृतकको सङ्ख्या बढेर १४ पुगेको हो । मृतक तथा घाइतेमा महिला र बालबालिका पनि रहेको टेलिभिजनले जनाएको छ । उसले हताहतीको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।

यद्यपि, हताहतीसम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । हुथी सञ्चारमाध्यमले सार्वजनिक गरेको समाचारबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

हुथी विद्रोही र साउदी अरबबीच सीमापार आक्रमण जारी रहेका बेला तथा हुथी लडाकु र साउदी समर्थित यमनी सरकारी सेनाबीच भीषण लडाइँ भइरहेका बेला यी आक्रमण भएका हुन् ।

सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीले राजधानी साना र उत्तरी यमनका अधिकांश भूभाग कब्जा गरेपछि देश द्वन्द्वमा फसेको हो । त्यसपछि यमनी सरकारको समर्थनमा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले सन् २०१५ मा द्वन्द्वमा हस्तक्षेप गरेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ११ : ०३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको