हावाहुरी बर्दिया हुँदै क्रमशः पूर्वतिर बढ्दै, सचेत रहन आग्रह « Khabarhub

हावाहुरी बर्दिया हुँदै क्रमशः पूर्वतिर बढ्दै, सचेत रहन आग्रह


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय आपतकालीन विपद व्यवस्थान केन्द्रले कैलाली र कञ्चनपुरमा आएको हावाहुरीको प्रवाह बर्दिया र दाङ हुँदै क्रमशः पूर्वतर्फ लाग्ने क्रम रहेको हुँदा त्यस क्षेत्रका सवैलाई सचेत रहन आग्रह गरेको छ ।

यसैबीच, बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । हावाहुरीमा परेर एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।प्रहरीका अनुसार कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको छ ।
घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते तथा क्षतिको एकिन विवरण आउन बाँकी रहको प्रहरीले जनाएको छ ।

हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । बिजुलीका पोल ढल्दा कतिपय स्थानमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ । घटनास्थलमा प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ ।
यसैबीच, डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका छन्।बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ११ : २९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा