शेर्पा र अक्सिजन बिनै सगरमाथा चढेका मोहर भन्छन्–ठूलो चुनौती सामना गरेँ « Khabarhub

शेर्पा र अक्सिजन बिनै सगरमाथा चढेका मोहर भन्छन्–ठूलो चुनौती सामना गरेँ



काडमाडौं- सगरमाथा र ल्होत्सेको सफल आरोहण गरेका ल्याटिन अमेरिकी मुलुक चिलीका आरोही हुआँ पाब्लो मोहर अर्को ४८ दिनमा ८ हजार मिटर माथिका थप तीन हिमालको आरोहणको तयारीमा छन् ।

१०० दिनमा ८ हजार मिटरमाथिका विश्वका ५ हिमाल आरोहण गर्ने लक्ष्य अनुसार उनले ५२ दिनभित्रै सगरमाथा र ल्होत्सेको आरोहण गरिसकेका छन् । उनले गत मे १६ मा विश्वको चौथो सर्वोच्च शिखर ल्होत्सेको आरोहण गरेका थिए भने गत मे २३ का दिन सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । ल्होत्से र सगरमाथाको आरोहणसँगै सात दिनको अवधीमा ८ हजार मिटरमाथिको हिमाल आरोहण गर्ने कीर्तिमानसमेत उनको नाममा रहन पुगेको छ । उनले दुबै हिमालको आरोहण गर्ने क्रममा अक्सिजन र शेर्पाको सहयोग लिएका थिएनन् ।

योसँगै बिना अक्सिजन सगरमाथाको आरोहण गर्ने उनी पहिलो चिलियन नागरिक बन्न सफल भएका छन् । सन् १९९२ मे १५ का दिन राड्रिगो, जोर्डन, हुआँ सेबास्टियन मोन्टेज, क्रिष्टियन गार्सिया हुइदोब्रो र मौरिजियो पुर्टोको चिलियन आरोहीको दलले सगरमाथाको सफल आरोहण गरी सगरमाथाको सफल आरोहण गर्ने चिलीको पहिलो आरोहण दल बनी इतिहास बनाएको थियो ।

‘सगरमाथाको शिखर ! शेर्पाको सहयोग वा अक्सिजनको सहारा बिनै हामीले २४ घण्टापछि सगरमाथाको शिखर चुम्यौं,’ उनी भन्छन् । सगरमाथाको धेरै लामो यात्रा शारीरिक र मानसिक रुपमासमेत चुनौतिपूर्ण रहेको उनको भनाइ छ । ‘मलाई सहयोग गर्ने मेरा परिवार र साथीहरुको साथकै कारण मेरो यो अभियान सफल भएको हो,’उनले भने ।

विश्वका ८ हजार मिटरमाथिका १४ वटै हिमालको आरोहण गर्ने उनको लक्ष्य छ । उनले ४ वटा हिमालको यसअघि नै आरोहण गरिसकेका छन् । यसपछि उनी कञ्चनजंघा, गाशरब्रम प्रथम र गाशरब्रम द्वितीयको आरोहण गर्ने तयारीमा छन् । यी हिमाल पनि उनी शेर्पा वा अक्सिजनको सहाराबिनै आरोहण गर्ने उनको लक्ष्य छ ।

मोहरले पर्वतारोहणका क्षेत्रमा अनुभव बटुलिसकेका छन् । आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘जसले यसअघि हिमाल देखेकै छैन र हिमाल आरोहण कसरी गर्ने भन्ने केही थाहै छैन, जसलाई आरोहण गर्ने उपकरण प्रयोग गर्न समेत आउन्न, उनीहरु नै बच्चाजस्तै शेर्पाको फौज र अक्सिजनको सिलिण्डर लिएर सगरमाथा चढ्न पुग्छन्, उनीहरु हरेक पाइला चाल्न समेत नेपाली गाइडको भर पर्छन् ।’

‘म मेरा बाबुआमाका तीन सन्तानमध्ये कान्छो हुँ । मलाई सानैदेखि सहासी खेलमा रुची थियो । मैले ३ वर्षको उमेरमा नै परिवारसँग सान्टियागो (चिलीको राजधानी शहर) मा स्की गरेको थिए । १५ वर्षको उमेरमा चट्टान आरोहण थालेँ । मलाई सहासिक खेल प्रति निकै रुची छ,’ उनी भन्छन् ।

उनी ५१ किलोमिटर दुरीको माउण्टेन हार्डवेयर ट्रेल रनिङ प्रतियोगितामा तेश्रो स्थान ल्याउने पहिलो चिलियन नागरिक समेत हुन् ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  १ : ०७ बजे

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई