विषादी परीक्षण रोकेर भारतसँग झुकेको भन्दै नेकपाकै सांसदहरुद्वारा सरकारको आलोचना | Khabarhub Khabarhub

विषादी परीक्षण रोकेर भारतसँग झुकेको भन्दै नेकपाकै सांसदहरुद्वारा सरकारको आलोचना


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट नेपाल भित्रने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयको सत्तारुढ दलकै सांसदले विरोध गरेका छन् ।

जनताको स्वास्थ्यप्रति सचेत र गम्भीर हुनुपर्ने सरकार स्वयम्ले जनतालाई विषादी युक्त खाद्यान्न खान बाध्य बनाउने गरि निर्णय गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

शनिबार नेकपाको संसदीय दलको बैठकपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास जनतालाई दिलाउन सक्नुपर्ने बताए ।

कर्मचारी र प्रविधि अभावलाई देखाएर जनतालाई विषादीयुक्त खाद्यान्न उपभोग गर्न सरकारले बाध्य बनाउन नहुने नेता नेपालको तर्क थियो । उनले कुनै पनि विषयमा निर्णयमा पुग्नु अघि त्यसका विविध पक्षबारे सोचविचार गर्न सरकारलाई सुझाव दिए ।

“ देशभित्र प्रवेश हुने विषादीयुक्त छ कि छैन कुनै पनि सामानहरु भन्नेमा हामी पहिला विश्वस्त हुनुपर्छ’ नेता नेपालले भने,‘हामी कसैको दबाबको सामु झुक्नु जरुरी छैन । हामी विश्वस्त हुनुपर्यो कि नेपाली जनताले विषादी मिसिएका, शरिरलाई प्रतिकूल असर पार्ने खालका चिजहरु उपभोग गरिरहेका छैनन् भन्नेमा ।”

नेकपाका नेता भीम रावलले विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति आश्चर्य प्रकट गरे । विश्वव्यापार संगठन अन्र्तगत संसारभरिका देशहरुले गरेको सम्झौता सहमतिमा सार्वभौम र स्वतन्त्र देशले आफ्नो देशमा आयात गर्ने कुनै पनि बस्तुलाई आवश्य चेक जाँच गर्न सक्ने तथा निश्चित मापदण्ड तोक्न सक्ने स्पष्ट प्रावधान भएको भन्दै उनले कसैको आग्रहमा जनताको हितप्रतिकुलका निर्णय गर्नुलाई स्वभाविक मान्न नसकिने बताए ।

सिमानामा तरकारी र फलफुल विषादी जाँच्न पनि नपाउने, जाँच्न खोज्दा कसैले पत्र पठायो भन्दैमा खुरुक्क निर्णय फिर्ता लिने’ नेता रावलले भने,‘यो एउटा स्वतन्त्र देश र जनता प्रति कटिबद्ध राज्य र सरकारले सुहाउने कुरा होइन ।”

कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले भने सरकारी निर्णयको बचाउ गदै तत्कालका लागि निर्णय सही भएको र भविश्यमा विषाधियुक्त सामान आउन नदिने बताए । उनले भने“सरकारले गरेको निर्णय ठिक छ । त्यो निर्णयका बारेमा कहिलेकाही नबुझेर पनि मान्छेहरुले आलोचना गर्छन् । विषाक्त चिजलाई बिना अवरोध आउन दिने खालको कुरा उपयुक्त होइन नै । विषादी, भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्ती भनेका सबै राष्ट्र र जनताका रोगी कुराहरु हुन् । त्यसको विरुद्धमा सरकार उभिन्छ ।”

उनले सरकारले औचित्यका आधारमा काम गर्ने भएकाले सडक र सदनमा आएका सबै आलोचाना र टिप्पणीहरुको सम्बोधन नहुने स्पष्ट पारे ।
सरकारले असार १९ गते विहीबारको मन्त्रिपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो ।

यसअघि सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो । सो आदेशमा नेपाल आयात गरिने तरकारी तथा फलफुलको सिमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ । सरकारले भने तत्कालका लागि प्रयोगशाला चुस्त नभएको र कर्मचारी अभाव भएको भन्दै ६ महिनाका लागि परीक्षण नगर्ने निर्णय गरिएको बताएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ७ : ५३ बजे

बाटोको असुविधाले गलेखामकोट ओझेलमा

तनहुँ– गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल