सरकारले विषादी परीक्षण रोकेपछि माधव नेपालको प्रतिक्रया– कसैको दबाब सामु झुक्न जरुरी छैन « Khabarhub

सरकारले विषादी परीक्षण रोकेपछि माधव नेपालको प्रतिक्रया– कसैको दबाब सामु झुक्न जरुरी छैन


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट आयात हुने तरकारी र विषादी परीक्षण सरकारले रोकेको भन्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन् । पूर्व प्रधानमन्त्री नेपालले सरकारले विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास जनतालाई दिलाउन सक्नुपर्ने बताए ।

शनिवार नेकपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले कर्मचारी र प्रविधि अभावलाई देखाएर जनतालाई विषादीयुक्त खाद्यान्न उपभोग गर्न सरकारले बाध्य बनाउन नहुने बताए ।

उनले कुनै पनि विषयमा निर्णयमा पुग्नु अघि त्यसका विविध पक्षबारे सोचविचार गर्न सरकारलाई सुझाव दिए ।

“देशभित्र प्रवेश हुने विषादीयुक्त छ कि छैन कुनै पनि सामानहरु भन्नेमा हामी पहिला विश्वस्त हुनुपर्छ’ नेता नेपालले भने,‘हामी कसैको दबाबको सामु झुक्नु जरुरी छैन । हामी विश्वस्त हुनुपर्यो कि नेपाली जनताले विषादी मिसिएका, शरिरलाई प्रतिकूल असर पार्ने खालका चिजहरु उपभोग गरिरहेका छैनन् भन्नेमा ।”

सरकारले असार १९ गते विहीबारको मन्त्रिपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो । यो निर्णयको सामाजिक सञ्जालमासमेत विरोध भइरहेको छ ।

यसअघि सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो । सो आदेशमा नेपाल आयात गरिने तरकारी तथा फलफुलको सिमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ । सरकारले भने तत्कालका लागि प्रयोगशाला चुस्त नभएको र कर्मचारी अभाव भएको भन्दै ६ महिनाका लागि परीक्षण नगर्ने निर्णय गरिएको बताएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ९ : ५८ बजे

ऐश्वर्या रायले रजनीकान्तको प्रस्ताव अस्वीकार गरेपछि…

 काठमाडौं – सुपरस्टार रजनीकान्तको करिअरमा ५० करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने

पुस १ गतेदेखि बाघ गणना गरिँदै

चितवन– अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको

जेन-जीका नाममा जलाइएको संसद् भवन पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं- पूर्वराष्ट्रपति विद्या भण्डारीले बिहीबार मध्याह्न नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा

म्याग्दीको बास्कुना ‘एफएम भिलेज’मा रूपान्तरण

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुना ‘एफएम भिलेज’ ‘फ्रुट’(फलफूल) र ‘मिल्क’ दूध

एकनाले भरुवा बन्दुक बरामद

कैलाली– भजनी नगरपालिका-९ गन्जहुवास्थित सरस्वती सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक १ थान