पानी नपरेपछि १ लाख वटा पिपलको पातमा ‘हर हर महादेव, पानी देऊ देऊ’ लेखेर नदीमा बगाइयो « Khabarhub

पानी नपरेपछि १ लाख वटा पिपलको पातमा ‘हर हर महादेव, पानी देऊ देऊ’ लेखेर नदीमा बगाइयो


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे–गाउँमा पानीको हाहाकार भएपछि तेमाल गाउँपालिका–५ सस्र्यूखर्कका बासिन्दाले रुद्री तथा क्षमापूजा गरी आज पानी मागेका छन् । उनीहरुले एक लाख पिपलको पातमा ‘हरहर महादेव, पानी देऊदेऊ’ र ‘रामराम’ लेख्दै कोशीदेखास्थित सुनकोशी नदीमा बगाएका छन् ।

वर्षा नभएर खेतबारी बाँझै भएको तथा मूल सुक्दै जाँदा खानेपानीको हाहाकार भएपछि धार्मिक मान्यताअनुसार रुद्रीपूजा र क्षमापूजा गरी महादेवसँग पानी मागिएको स्थानीय प्रविन अधिकारीले बताए । उनले भने, “यस भेगमा वर्षा नभएर पानीको हाहाकार हुँदा यसैगरी भगवान्सँग पानी माग्ने चलन रहेछ, आज पनि सोहीअनुसार रीतपूर्वक पूजा गरी पानी मागेका हौँ ।”

स्थानीयवासीबाट केही गल्ती भएमा भगवान् रिसाएर वर्षा नहुने मान्यताअनुसार ‘क्षमापूजा’ गरी पानी मागिएको शिक्षक विष्णुहरि बडालले बताए । “वृद्धवृद्धाका अनुसार क्षमापूजा गरेपछि वर्षा भई बाली लगाउने गरिँदै आइएको रहेछ, उहाँहरुकै सुझावमा रुद्री र क्षमापूजा गरी महादेवसँग पानी मागेका हौँ”, उनले भने ।

lkknsf] kftdf …kfgL b]pm, b]pmÚ
sfe|]knf~rf]s, @! c;f/ -/f;;_ M ufpFdf kfgLsf] xfxfsf/ ePkl5 eujfgsf] gfddf k”hf u/L sfe|]knf~rf]ssf] sf]zLb]vfl:yt ;’gsf]zL gbLdf aufpg lsgf/df a;]/ lkknsf] kftdf …x/ x/ dxfb]j, kfgL b]pm b]pmÚ / /fd /fd n]Vb} t]dfn ufpFkflnsf–% sf afl;Gbf . wfld{s dfGotf cg’;f/ kfgL kg]{ ePsfn] ;:o”{vssf :yfgLon] Psnfv j6f lkknsf] kftdf n]v]/ gbLdf aufPsf x’g . t:jL/ M /fhs’df/ k/fh’nL

बडालका अनुसार असार लाग्दैगर्दा मनसुन शुरु भए पनि वर्षा नहुँदा तेमाल क्षेत्रका खेतबारी हालसम्म बाँझो छन् । “वैशाख/जेठमा वर्षा नहुँदा बारीमा मकै छर्न पाइएन भने असारमा वर्षा नहुँदा खेतमा धान रोपाइँ गर्न पाइएको छैन, यस्तो खडेरीमा पानी माग्ने चलन रहेछ, सोहीअनुसार असारो अन्त्यमा पूजा गर्‍यौँ”, उनले भने ।

धार्मिक मान्यताअनुसार करीब १०० स्थानीयवासी पूजामा सहभागी थिए । उनीहरुले गाउँमै ७० हजार पिपलको पातमा ‘हरहर महादेव, पानी देऊदेऊ’ र ‘रामराम’ लेखेका थिए भने थप ३० हजार पिपलको पातको व्यवस्था गरी सुनकोशी नदी किनारमा बसेर लेखी सोही नदीमा बगाइएको सामाजिक कार्यकर्ता इन्द्र अधिकारीले जानकारी दिए ।

एक दशकअघि नमोबद्ध नगरपालिका भकुण्डेमा वर्षा नहुँदा स्थानीयवासी दाहाल परिवारको अगुवाइमा धार्मिक परम्पराअनुसार नै भ्यागुताको विवाह गरिएको थियो । स्थानीयवासी इन्द्रबहादुर दाहालका अनुसार त्यसताका करीब तीन वर्षदेखि वर्षा नहुँदा भ्यागुताको विवाह गरेपछि वर्षा शुरु भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ८ : २४ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर