पानी नपरेपछि १ लाख वटा पिपलको पातमा ‘हर हर महादेव, पानी देऊ देऊ’ लेखेर नदीमा बगाइयो « Khabarhub

पानी नपरेपछि १ लाख वटा पिपलको पातमा ‘हर हर महादेव, पानी देऊ देऊ’ लेखेर नदीमा बगाइयो


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे–गाउँमा पानीको हाहाकार भएपछि तेमाल गाउँपालिका–५ सस्र्यूखर्कका बासिन्दाले रुद्री तथा क्षमापूजा गरी आज पानी मागेका छन् । उनीहरुले एक लाख पिपलको पातमा ‘हरहर महादेव, पानी देऊदेऊ’ र ‘रामराम’ लेख्दै कोशीदेखास्थित सुनकोशी नदीमा बगाएका छन् ।

वर्षा नभएर खेतबारी बाँझै भएको तथा मूल सुक्दै जाँदा खानेपानीको हाहाकार भएपछि धार्मिक मान्यताअनुसार रुद्रीपूजा र क्षमापूजा गरी महादेवसँग पानी मागिएको स्थानीय प्रविन अधिकारीले बताए । उनले भने, “यस भेगमा वर्षा नभएर पानीको हाहाकार हुँदा यसैगरी भगवान्सँग पानी माग्ने चलन रहेछ, आज पनि सोहीअनुसार रीतपूर्वक पूजा गरी पानी मागेका हौँ ।”

स्थानीयवासीबाट केही गल्ती भएमा भगवान् रिसाएर वर्षा नहुने मान्यताअनुसार ‘क्षमापूजा’ गरी पानी मागिएको शिक्षक विष्णुहरि बडालले बताए । “वृद्धवृद्धाका अनुसार क्षमापूजा गरेपछि वर्षा भई बाली लगाउने गरिँदै आइएको रहेछ, उहाँहरुकै सुझावमा रुद्री र क्षमापूजा गरी महादेवसँग पानी मागेका हौँ”, उनले भने ।

lkknsf] kftdf …kfgL b]pm, b]pmÚ
sfe|]knf~rf]s, @! c;f/ -/f;;_ M ufpFdf kfgLsf] xfxfsf/ ePkl5 eujfgsf] gfddf k”hf u/L sfe|]knf~rf]ssf] sf]zLb]vfl:yt ;’gsf]zL gbLdf aufpg lsgf/df a;]/ lkknsf] kftdf …x/ x/ dxfb]j, kfgL b]pm b]pmÚ / /fd /fd n]Vb} t]dfn ufpFkflnsf–% sf afl;Gbf . wfld{s dfGotf cg’;f/ kfgL kg]{ ePsfn] ;:o”{vssf :yfgLon] Psnfv j6f lkknsf] kftdf n]v]/ gbLdf aufPsf x’g . t:jL/ M /fhs’df/ k/fh’nL

बडालका अनुसार असार लाग्दैगर्दा मनसुन शुरु भए पनि वर्षा नहुँदा तेमाल क्षेत्रका खेतबारी हालसम्म बाँझो छन् । “वैशाख/जेठमा वर्षा नहुँदा बारीमा मकै छर्न पाइएन भने असारमा वर्षा नहुँदा खेतमा धान रोपाइँ गर्न पाइएको छैन, यस्तो खडेरीमा पानी माग्ने चलन रहेछ, सोहीअनुसार असारो अन्त्यमा पूजा गर्‍यौँ”, उनले भने ।

धार्मिक मान्यताअनुसार करीब १०० स्थानीयवासी पूजामा सहभागी थिए । उनीहरुले गाउँमै ७० हजार पिपलको पातमा ‘हरहर महादेव, पानी देऊदेऊ’ र ‘रामराम’ लेखेका थिए भने थप ३० हजार पिपलको पातको व्यवस्था गरी सुनकोशी नदी किनारमा बसेर लेखी सोही नदीमा बगाइएको सामाजिक कार्यकर्ता इन्द्र अधिकारीले जानकारी दिए ।

एक दशकअघि नमोबद्ध नगरपालिका भकुण्डेमा वर्षा नहुँदा स्थानीयवासी दाहाल परिवारको अगुवाइमा धार्मिक परम्पराअनुसार नै भ्यागुताको विवाह गरिएको थियो । स्थानीयवासी इन्द्रबहादुर दाहालका अनुसार त्यसताका करीब तीन वर्षदेखि वर्षा नहुँदा भ्यागुताको विवाह गरेपछि वर्षा शुरु भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ८ : २४ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न