सरकारसँगको वार्ताबारे विप्लव नेकपाको धारणा सार्वजनिक (विज्ञप्तिसहित) « Khabarhub

सरकारसँगको वार्ताबारे विप्लव नेकपाको धारणा सार्वजनिक (विज्ञप्तिसहित)


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले वार्ताको हल्ला फैलाएको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

सरकाले भनेको वार्ता हल्ला मात्र भएको र यो नियोजित षड्यन्त्र भएको विप्लव नेकपाले विज्ञप्तिमार्फत आरोप लगाएको छ ।  विप्लव नेकपाले यसबाट प्रभावित नहुन र त्यसको गोटी नबन्न सञ्चार माध्यमहरूसँग अनुरोधसमेत गरेको छ ।

नेकपाका प्रवक्ता समेत रहेका नेता प्रकाण्डले विज्ञप्ति जारी गर्दै सरकारले वार्ताको हल्ला मच्चाएको तर त्यसको गम्भीरतालाई महसूस नगरेको तर्क समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको वार्ताको हौवा आफ्नो असफलता, पार्टीभित्र र सरकारमा उत्पन्न सङ्कटको अभिव्यक्ति हो । त्यो जनक्रान्तिमाथि भीषण दमन र षड्यन्त्रको तयारीको सङ्केत पनि हो । वार्ताको विषयलाई गम्भीरतापूर्वक नलिनु, औपचारिक पहल पनि नगर्नु र हाम्रो पार्टीलाई वार्ता विरोधी भनेर प्रचार गर्नुले त्यसलाई पुष्टि गर्दछ ।’

गत साउन १५ गते देशभर एनसेलमाथि आफ्नो पार्टीले कारबाही गरेको जानकारी दिँदै एनसेलले देशको न्यूनतम् कर्तव्य पूरा नगर्ने, कर छली गर्ने, सेवाग्राहीलाई चर्को शोषण गरिरहेकाले कारबाही गर्नुपरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

पछिल्लो समयमा पार्टीले गरेको कारबाही र वार्ताको विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै विप्लव नेकपाले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरेको हो ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ०२ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष