मिर्गौला रोगीलाई खुसीको खबर : आयो जाँच गर्ने सहयोगी एप | Khabarhub Khabarhub

मिर्गौला रोगीलाई खुसीको खबर : आयो जाँच गर्ने सहयोगी एप


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पछिल्लो समय मोबाइलको वृद्धि विकाससँगै उत्पादन भएका मोबाइल एपले मानिसकै दैनिकीलाई सहज बनाउँदै आएका छन् । नेपाललगायत विश्वमा मिर्गौला रोगीको संख्य बढ्दै गएका बेला अहिले नयाँ मोबाइल एप तयार भएको छ । जसले मिर्गौला रोग भए नभएको पत्ता लगाउन सहयोग गरेर मिर्गौलाको संक्रमण छ कि भनेर डराउनेका लागि सहयोगी बनिदिएको छ ।

मिर्गौलाको रोग केही मिनेटमै पत्ता लाग्न थालेपछि स्वास्थ्यकर्मीहरूले यो विधिले बिरामीको जीवनरक्षामा सहयोग पुर्‍याउन सक्ने बताएका छन्। सेप्सिसजस्ता गम्भीर प्रकारको रोग लागेका बिरामीको मिर्गौलामा हानि पुग्न सक्छ। त्यस्तो समस्या प्राय: वृद्ध बिरामीहरूमा देखिन्छ।

छिटो उपचार नगरे त्यसले अन्य अङ्गलाई पनि प्रभावित तुल्याउन सक्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार गम्भीर प्रकारको मिर्गौलाको चोटपटकका कारण विश्वमा प्रत्येक वर्ष झन्डै १७ लाख मानिसको ज्यान जाने गर्छ।

लन्डनको रोयल फ्री अस्पतालमा गरिएको परीक्षणको क्रममा चिकित्सक तथा नर्सहरूले एउटा मोबाइल फोन एपको सहायताले औसतमा १४ मिनेटको अन्तरालमा चेतावनीहरू प्राप्त गरे। चोटपटकको सम्भावना बढेको बेला रक्तपरीक्षण गर्दा त्यस्ता चेतावनीहरू प्राप्त भए।

सामान्य अवस्थामा कैयौँ घण्टापछि मात्र त्यस्तो समस्या पत्ता लाग्थ्यो। स्ट्रीम्स नाम दिइएको सूचना प्रणाली रोयल फ्री अस्पतालले डीपमाइन्ड नामक प्रविधि फर्मसँग मिलेर बनाइएको हो। त्यसले काममा खटिएका स्वास्थ्यकर्मीहरूलाई सरल सूचना र ग्राफहरू उपलब्ध गराउँछ।

विभिन्न रक्तपरीक्षणको क्रममा क्रीएटनिन नामक खेर जाने तत्त्वको परिणामको मापन गरिन्छ। त्यसलाई मिर्गौलाले छानेर बाहिर निकाल्ने गर्छ। रगतमा हुने अन्य सूचकबारे पनि एपले तुरुन्तै स्वास्थ्यकर्मीलाई जानकारी गराउँछ।

त्यो विधिको विकास भएपछि उपचार खर्च निकै घटेको अस्पताल व्यवस्थापकहरूले बताएका छन्। रोयल फ्रीकी प्रमुख नर्स म्यारी एमर्सनले भनिन्, “यसरी अस्पतालका बिरामीहरूको अवस्थाबारे तत्कालै सूचना पाउने विधि एकदमै ठूलो परिवर्तन हो। यसले हामीलाई तत्कालै सूचना पाउन सजिलो भएको छ।”

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ११ बजे

बीपीका चिकित्सकले क्यान्सरका बिरामीको घरमै पुगेर उपचार गर्ने

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरका सिकिस्त बिरामीहरूलाई

काठमाडौंको धोबिखोलामा बाढी

काठमाडौं– वर्षाका कारण काठमाडौंको धोबिखोलामा बाढी आएको छ ।  शुक्रबार

तीन दलको बैठक : सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउन नेताहरूबीच कुराकानी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउनका

बीपी राजमार्गमा १५ दिनसम्म यात्रु बोक्ने साधन राति चलाउन रोक

सिन्धुली- काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्लास्थित सुरक्षा समन्वय समितिको बैठकले

६१ किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन अन्तरराष्ट्रिय