विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? « Khabarhub

विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ?


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्मरण शक्ति कमजोर भएका कारण सवैभन्दा बढी तनावमा विद्यार्थीहरु देखिन्छन् । अझ परीक्षा नजिक छ भने कतिपय त यही चिन्ताले विरामी समेत पर्ने गरेका छन् ।

उमेर ढल्किँदै जाँदा स्मरण शक्ति कमजोर हुँदै जानु सामान्य हो, तर बाल्यावस्थामै कसैको स्मरण शक्ति यति बोधो हुन्छ कि पढेका कुरा क्षणभरमै विर्सिन्छन् ।

केही रोग नभएमा यसो हुनुको पछाडि उनीहरुले स्मरण शक्ति कमजोर भएकै हो भन्न नमिल्ने विज्ञहरु बताउँछन् । किनकी उनीहरु पढेका कुरामात्र बिर्सिने हुन्, अरु कुरा उनीहरुको दिमागमा ताजै रहन्छन् । यसको प्रमुख कारण भनेको विषयवस्तुमा उनीहरुको लगाव नहुनु नै हो । यसका लागि विज्ञहरुले केही उपाय अपनाउन सकिने जनाएका छन् ।

कुनै पनि विषय सुरुमा पढ्दा बुझ्न गाह्रो हुन सक्छ । त्यसलाई दोहोर्‍याएर पढ्ने र मुख्य–मुख्य बुँदाहरू टिपेर राख्ने । सकिन्छ भने छोटकरीमा सांकेतिक शब्द बनाउने, जसले गर्दा सम्झिन सकियोस् ।

दोस्रोमा जुन विषय पढेको हो, त्यसमा आफैले प्रश्न बनाउने र त्यसमा आफैले फेरि उत्तर दिन प्रयास गर्ने र लेखेर पढेमा र उत्तर दिने बानी गरेमा झनै सम्झिन सजिलो हुन्छ । उत्तर दिने बेलामा मुख्य–मुख्य बुँदा सम्झेर दिएमा सम्झिन सजिलो हुन्छ । जुन विषय पढेको हो, त्यसलाई राम्रोसँग बुझेपछि मात्रै अर्को विषयमा प्रवेश गर्नुपर्छ ।

आफूले आफूलाई नै जाँच गर्ने । जे विषय पढ्न सकियो अन्त्यमा त्यस विषयको मुख्य बुँदालाई सम्झेर के–के राम्रोसँग बुझ्यो भनेर एकपछि अर्को सम्झिँदै जाने अथवा त्यसलाई लिखित रूपमा टिपेर राख्नाले स्मरण–शक्ति लामो समयसम्म रहिरहने हुन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : २८ बजे

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख