विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? « Khabarhub

विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ?


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्मरण शक्ति कमजोर भएका कारण सवैभन्दा बढी तनावमा विद्यार्थीहरु देखिन्छन् । अझ परीक्षा नजिक छ भने कतिपय त यही चिन्ताले विरामी समेत पर्ने गरेका छन् ।

उमेर ढल्किँदै जाँदा स्मरण शक्ति कमजोर हुँदै जानु सामान्य हो, तर बाल्यावस्थामै कसैको स्मरण शक्ति यति बोधो हुन्छ कि पढेका कुरा क्षणभरमै विर्सिन्छन् ।

केही रोग नभएमा यसो हुनुको पछाडि उनीहरुले स्मरण शक्ति कमजोर भएकै हो भन्न नमिल्ने विज्ञहरु बताउँछन् । किनकी उनीहरु पढेका कुरामात्र बिर्सिने हुन्, अरु कुरा उनीहरुको दिमागमा ताजै रहन्छन् । यसको प्रमुख कारण भनेको विषयवस्तुमा उनीहरुको लगाव नहुनु नै हो । यसका लागि विज्ञहरुले केही उपाय अपनाउन सकिने जनाएका छन् ।

कुनै पनि विषय सुरुमा पढ्दा बुझ्न गाह्रो हुन सक्छ । त्यसलाई दोहोर्‍याएर पढ्ने र मुख्य–मुख्य बुँदाहरू टिपेर राख्ने । सकिन्छ भने छोटकरीमा सांकेतिक शब्द बनाउने, जसले गर्दा सम्झिन सकियोस् ।

दोस्रोमा जुन विषय पढेको हो, त्यसमा आफैले प्रश्न बनाउने र त्यसमा आफैले फेरि उत्तर दिन प्रयास गर्ने र लेखेर पढेमा र उत्तर दिने बानी गरेमा झनै सम्झिन सजिलो हुन्छ । उत्तर दिने बेलामा मुख्य–मुख्य बुँदा सम्झेर दिएमा सम्झिन सजिलो हुन्छ । जुन विषय पढेको हो, त्यसलाई राम्रोसँग बुझेपछि मात्रै अर्को विषयमा प्रवेश गर्नुपर्छ ।

आफूले आफूलाई नै जाँच गर्ने । जे विषय पढ्न सकियो अन्त्यमा त्यस विषयको मुख्य बुँदालाई सम्झेर के–के राम्रोसँग बुझ्यो भनेर एकपछि अर्को सम्झिँदै जाने अथवा त्यसलाई लिखित रूपमा टिपेर राख्नाले स्मरण–शक्ति लामो समयसम्म रहिरहने हुन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : २८ बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित