ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर « Khabarhub

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने सोचेका छौँ र कतिपयले यस क्षेत्रमा पाइला पनि चालिसकेका छौँ । 

यसबाट सफल करियर बनाउन सकिने सम्भावनालाई हेर्दा यस क्षेत्रमा आकर्षित हुनु स्वाभाविक हो । 

तपाईंले कन्टेन्ट क्रियट गर्न सुरु गरिसक्नुभएको छ वा कसरी सुरु गर्ने भनेर सोच्दै हुनुहुन्छ भने क्रिएटर सर्च इन्साइट्स तपाईंका लागि उपयोगी हुन सक्छ ।

नेपाली क्रिएटरहरूका लागि यो विशेष रूपमा सान्दर्भिक छ, किनकि टिकटक अब मनोरञ्जनात्मक भिडियो हेर्ने माध्यममा मात्र सीमित छैन । 

यो यात्रा गन्तव्य, खानाका परिकार बनाउने तरिका, परीक्षाका लागि मार्गदर्शन, उत्पादनका समीक्षा, सङ्गीत र स्थानीय कार्यक्रमबारे जानकारी खोज्ने प्लेटफर्म पनि बनेको छ । 

यसको अर्थ, नेपालमा धेरै प्रयोगकर्ताले कुनै प्रश्न वा जिज्ञासा मनमा लिएर टिकटक खोल्ने गर्छन् । ती प्रश्नको स्पष्ट उत्तर दिने क्रिएटरहरूका लागि यसले राम्रो अवसर सिर्जना गरेको छ ।

क्रिएटर सर्च इन्साइट्स नेपालका क्रिएटरहरूका लागि उपलब्ध छ र उनीहरूले यसको सक्रिय रूपमा प्रयोग गरिरहेका छन् । 

यो टिकटक एपभित्र उपलब्ध निःशुल्क फिचर हो, जसले मानिसहरूले के खोजिरहेका छन् भन्ने देखाउनुका साथै ट्रेन्डमा रहेका विषय र कन्टेन्टको अभाव भएका क्षेत्र पहिचान गर्न मद्दत गर्छ। कन्टेन्ट अभाव भन्नाले मानिसहरूले धेरै खोजिरहेका तर त्यसबारे पर्याप्त भिडियो उपलब्ध नभएका विषयलाई बुझिन्छ । 

यो फिचर प्रयोग गर्न टिकटक खोल्नुहोस् र माथि रहेको सर्च आइकनमा थिच्नुहोस् । त्यसपछि सर्च बारमा क्रिएटर सर्च इन्साइट्स टाइप गर्नुहोस् र सर्च रिजल्टको माथिल्लो भागमा देखिने भ्यूमा थिच्नुहोस्। एपको भर्सनअनुसार यो फिचर सेटिङभित्र रहेको क्रियटर्स टुल मार्फत पनि उपलब्ध हुन सक्छ ।

अनुमानबाट तथ्यमा आधारित विचारतर्फ धेरैजसो क्रिएटरले कुनै निश्चित विषयमा कन्टेन्ट बनाउने विचार आउँदा त्यसको प्रभावकारिताबारे अन्योल महसुस गरेका हुन्छन् । 

उनीहरू कुनै आइडियाको बारेमा सोच्दै त्यसले काम गर्ला कि नगर्ला भन्ने दुबिधामा हुन्छन्, नयाँ विचारका लागि अरूका कन्टेन्ट हेर्छन् र कहिलेकाहीँ रुचिपूर्ण छ कि छैन भन्ने थाहै नपाई भिडियो पोस्ट गर्छन्। यस्तो अनिश्चितता सधैँ क्षमताको कमीका कारण हुँदैन। धेरैजसो त स्पष्ट सङ्केतबिना नै कन्टेन्ट क्रियट गर्नु यसको कारण हुन्छ।

क्रिएटर सर्च इन्साइट्सले कन्टेन्ट क्रियट गर्ने सुरुवाती प्रक्रियालाई नै फरक बनाउँछ। केवल आफ्नो अनुमान वा अरूको नक्कलमा भर पर्नुको सट्टा क्रिएटरले तथ्यका आधारमा विचार विकास गर्न सक्छन्। यस फिचरले मानिसहरूले टिकटकमा सक्रिय रूपमा के खोजिरहेका छन्, कस्ता प्रश्न टाइप गरिरहेका छन् र कुन विषयबारे थप जानकारी चाहिरहेका छन् भन्ने देखाउँछ। यसले ‘मैले के पोस्ट गर्नेरु’ भन्ने प्रश्नलाई ‘मानिसहरूले पहिल्यै के खोजिरहेका छन् र त्यसमा म कसरी उपयोगी जानकारी थप्न सक्छुरु’ भन्ने प्रश्नमा बदल्छ। यसले कन्टेन्टको योजना थप व्यवस्थित बनाउन र परीक्षण तथा त्रुटिमा निर्भरता घटाउन मद्दत गर्छ।

माग र अवसरको सङ्गम

क्रिएटर सर्च इन्साइट्सको सबैभन्दा व्यावहारिक प्रयोगमध्ये एक कन्टेन्टको अभाव भएका विषय पहिचान गर्नु हो। यसअन्तर्गत धेरैले खोजिरहेका तर सीमित भिडियो मात्र उपलब्ध भएका विषय वा विद्यमान भिडियोले पर्याप्त स्पष्टताका साथ उत्तर दिन नसकेका प्रश्नहरू पर्दछन्।

क्रिएटरका लागि कन्टेन्टको अभाव हुनु भनेको मूलतः कुनै प्रश्नको चित्तबुझ्दो उत्तर उपलब्ध नहुनु हो। मानिसहरूले कुनै विषय निरन्तर खोजिरहेका छन्, तर उपलब्ध भिडियोले त्यसको सतही जानकारी मात्र दिइरहेका छन् भने अझ राम्रो व्याख्या प्रस्तुत गर्ने अवसर हुन्छ। यसका लागि अरूभन्दा ठूलो आवाजमा बोल्न वा सबैभन्दा फरक बन्नैपर्छ भन्ने छैन । 

बरू यसका लागि स्पष्ट, सही र उपयोगी जानकारी दिनु नै पर्याप्त हुन्छ। यस्तो दृष्टिकोण अपनाउन क्रिएटरले आफ्नो विषयक्षेत्र परिवर्तन गर्न वा आफ्नै मौलिक शैली नै त्याग्नु पर्दैन। आफ्नो ज्ञान र मानिसहरूको वास्तविक जिज्ञासा कहाँ जोडिन्छ भन्ने पहिचान गर्नु मात्र आवश्यक हुन्छ।

आफ्ना दर्शकले खासमा के चाहन्छन् भन्ने बुझ्नुहोस्

पहिलेदेखि नै दर्शकको राम्रो आधार बनाइसकेका क्रिएटरले आफ्ना फलोअरलाई के मन पर्छ भन्ने थाहा पाएको ठान्न सक्छन्। तर व्यवहारमा दर्शकको रुचि समयसँगै परिवर्तन भइरहन्छ।

 उनीहरूका प्रश्न थप विशिष्ट बन्छन्, प्राथमिकता फेरिन्छन् र कन्टेन्टप्रतिको चासो देखाउने तरिका पनि बदलिन्छ।

क्रिएटर सर्च इन्साइट्सले कमेन्ट वा लाइकभन्दा फरक र स्पष्ट सङ्केत दिन्छ, किनकि सर्चले मानिसको वास्तविक अभिप्राय झल्काउँछ। यसले मानिसहरूले सामान्य रूपमा के मन पराउँछन् भन्ने मात्र होइन, उनीहरू वास्तवमा के बुझ्न खोजिरहेका छन् भन्ने पनि देखाउँछ। यसले क्रिएटरलाई सुरुदेखि नै आफ्नो कन्टेन्टमा आवश्यक परिवर्तन गर्न सहयोग गर्छ। 

उनीहरूले आफ्नो कम्युनिटीमा कुन विषयप्रति जिज्ञासा बढिरहेको छ भनेर हेर्न र त्यसअनुसार कन्टेन्ट तयार गर्न सक्छन् । कतिपय खोजी आफ्नो विषयक्षेत्रभन्दा बाहिर हुन सक्छन् भने कतिपय आफूले पहिल्यै बनाउँदै आएका कन्टेन्टसँग नजिक हुन सक्छन्। 

समयसँगै यसले कन्टेन्ट क्रियसनलाई एकतर्फी प्रस्तुति नभई क्रिएटर र दर्शकबीचको अन्तरक्रियामा बदल्छ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ५ : ४४ बजे

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,