ब्लड ग्रुपबाटै थाहा हुन्छ मानिसको स्वभाव, कुन रगत समूहको कस्तो आनीबानी ? | Khabarhub Khabarhub

ब्लड ग्रुपबाटै थाहा हुन्छ मानिसको स्वभाव, कुन रगत समूहको कस्तो आनीबानी ?


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एक अनुसन्धान अनुसार मानिसहरूको रगत समूह अनुसार उसको चालचलन र आनीबानीबारे थाहा पाउन सकिन्छ । रगत समूह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ।

यहाँ रगत समूहसँग सम्बन्धित केही बानीको बारेमा दिइएको छ-

Group O :– संसारका सबैभन्दा बढी मानिसमा यो रगत समूह पाइन्छ। O- र O+ गरी करिब ४७ प्रतिशत मानिसमा यो रगत समूह रहेको हुन्छ जसमा ४० प्रतिशत जति O+ र ७ प्रतिशत जतिमा O- रहेको हुन्छ।

यो रगत समूहका मानिसहरू नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफूले सुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वास गर्ने, मायालु र आत्म-विश्वासले भरिएका हुन्छन् भने यो रगत समूह भएका मानिसहरूको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुन खोज्ने भएको अनुसन्धानको क्रममा पाइएको थियो ।

Group A :- यो रगत समूह करिब ४० प्रतिशत मानिसहरूमा हुन्छ जसमा ३४ प्रतिशतमा A+ र ६ प्रतिशतमा A- पाइन्छ। यो रगत समूह भएका मानिसहरू शान्त र सामाजिक खालका, अरू सँग काम गर्न मन पराउने, संवेदनशील र कमजोरीको रूपमा झुक्न नचाहने र आराम गर्न नसक्ने वा नचाहने बानी भएका हुन्छन्।

Group B :- यो समूहको रगत कम मानिसहरूमा मात्र पाइन्छ जसमा करिब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समूह भएका मानिसहरू एकल काँटे, जे पनि एक्लै गर्न चाहने रचनात्मक खुबी भएका झुक्न नसक्ने खुबी भएका हुन्छन् जसले गर्दा कहिले काहीँ काम बिग्रन समेत सक्छ।

Group AB :- यो मानिसमा पाइने सबैभन्दा कम पाइने रगत समूह हो। यो ४ प्रतिशतमा मात्र पाइन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाइन्छ। यो रगत समूह भएका मानिसहरू नरम, नियन्त्रित र ठट्टा रमाइलो गर्ने खालका हुन्छन् तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : ४९ बजे

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका