‘मारुनी’ को ट्रेलर हेरेर भावुक भएँ: साम्राज्ञी « Khabarhub

‘मारुनी’ को ट्रेलर हेरेर भावुक भएँ: साम्राज्ञी


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बोल्ड नायिकाको परिचय बनाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । चर्चाकै कारण उनलाई धेरै मेकरले आफ्नो फिल्ममा अभिनय गराउन चाहन्छन् । तर साम्राज्ञीले छानेर कमै मात्र फिल्ममा अभिनय गर्ने गर्छिन् ।

हालै साम्राज्ञीले आफूले अभिनय गरेको फिल्म ‘मारुनी’ को ट्रेलर हेरेर भावुक भएको बताइन् । राजधानीमा सोमबार गरिएको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै साम्राज्ञीले भनिन्, ‘यो फिल्मको कथा सुन्दा नै ममा कस्तो एक्साइटेड थियो, त्यो कथा मैले मामुलाई सुनाएँ, साथीहरुलाई सुनाएँ, उहाँहरुले पनि यो फिल्ममा अभिनय गर भनेर सल्लाह दिनुभयो ।’

आफन्तले अभिनय गर्न हौसला दिए पनि आफूलाई भने यो फिल्ममा काम गर्न डर लागेको उनले बताइन् । ‘मलाई सबैले बोल्ड भन्नुहुन्छ, यसमा त डायलग नै बोल्ड थिए, सक्दिन कि भन्ने लागेको थियो, तर निर्माण टिमले धेरै सपोर्ट गर्नुभयो,’ साम्राज्ञीले भनिन्, ‘नवल दाइ र पुनम दिदीले दिनुभएको हौसलाले मलाई सहयोग पुग्यो ।’

साम्राज्ञीले आजसम्म अभिनय नगरेको भूमिका चलचित्र ‘मारुनी’ मा निभाएको बताइन् । उनले यो फिल्मको कथाले सबैको मन जित्ने विश्वास पनि गरिन् ।

नवल नेपाल निर्देशित यो फिल्ममा पष्प खड्का र साम्राज्ञीको जोडी रहेको छ । फिल्ममा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ ।

फिल्ममा रेविका गुरुङको पनि शीर्ष भूमिका छ । आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइ, विनोद भट्टराई, सुशील क्षेत्री लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : ५५ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु