‘मारुनी’ को ट्रेलर हेरेर भावुक भएँ: साम्राज्ञी | Khabarhub Khabarhub

‘मारुनी’ को ट्रेलर हेरेर भावुक भएँ: साम्राज्ञी


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बोल्ड नायिकाको परिचय बनाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । चर्चाकै कारण उनलाई धेरै मेकरले आफ्नो फिल्ममा अभिनय गराउन चाहन्छन् । तर साम्राज्ञीले छानेर कमै मात्र फिल्ममा अभिनय गर्ने गर्छिन् ।

हालै साम्राज्ञीले आफूले अभिनय गरेको फिल्म ‘मारुनी’ को ट्रेलर हेरेर भावुक भएको बताइन् । राजधानीमा सोमबार गरिएको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै साम्राज्ञीले भनिन्, ‘यो फिल्मको कथा सुन्दा नै ममा कस्तो एक्साइटेड थियो, त्यो कथा मैले मामुलाई सुनाएँ, साथीहरुलाई सुनाएँ, उहाँहरुले पनि यो फिल्ममा अभिनय गर भनेर सल्लाह दिनुभयो ।’

आफन्तले अभिनय गर्न हौसला दिए पनि आफूलाई भने यो फिल्ममा काम गर्न डर लागेको उनले बताइन् । ‘मलाई सबैले बोल्ड भन्नुहुन्छ, यसमा त डायलग नै बोल्ड थिए, सक्दिन कि भन्ने लागेको थियो, तर निर्माण टिमले धेरै सपोर्ट गर्नुभयो,’ साम्राज्ञीले भनिन्, ‘नवल दाइ र पुनम दिदीले दिनुभएको हौसलाले मलाई सहयोग पुग्यो ।’

साम्राज्ञीले आजसम्म अभिनय नगरेको भूमिका चलचित्र ‘मारुनी’ मा निभाएको बताइन् । उनले यो फिल्मको कथाले सबैको मन जित्ने विश्वास पनि गरिन् ।

नवल नेपाल निर्देशित यो फिल्ममा पष्प खड्का र साम्राज्ञीको जोडी रहेको छ । फिल्ममा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ ।

फिल्ममा रेविका गुरुङको पनि शीर्ष भूमिका छ । आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइ, विनोद भट्टराई, सुशील क्षेत्री लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : ५५ बजे

एकीकृत समाजवादीले कुनै दललाई प्रधानशत्रु नभन्ने, जबजको पनि विरोध नगर्ने

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले कुनै पनि

काठमाडौं महानगरको एक महिने ‘सीप मेला’ भोलिदेखि

काठमाडौं– शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने मुख्य

नेपाल टेलिकमकाे आइसीटी डे अफर, ४९ रुपैयाँमै दिनभरि डाटा चलाउन सकिने

काठमाडौं– नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।

चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी

बेइजिङ– चीनको मौसम विभागले मंगलबार देशका केही भागमा आँधीबेहरी, असिना

एमालेको विजय जुलुसका सहभागी सवार पिकअप दुर्घटना, १५ जना घाइते

इलाम– इलाम बजारमा मंगलबार आयोजित नेकपा एमालेको विजय जुलुस र