१३ लाख रुपैयाँको अवैध सामानसहित २ जना पक्राउ « Khabarhub

१३ लाख रुपैयाँको अवैध सामानसहित २ जना पक्राउ


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– प्रहरीले करीब १३ लाख मूल्य बराबरको अवैध सामानसहित सोमबार राति २ जनालाई पक्राउ गरेको छ । भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको किरानाका सामान तथा सवारीसाधनसहित प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट २ जनालाई पक्राउ गरेको हो ।

सिरहा नगरपालिका–३ मखनाहास्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बीआर ३२ जे १२०६ नम्बरको स्कारपियोमा भारतबाट नेपालतर्फ अवैध रूपमा लिएर आइरहेको किराना सामानसहित सिरहाको कल्याणपुर नगरपालिका–१२ निवासी ५० वर्षीय सरिफ राइनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

त्यसैगरी सिरहा नगरपालिका–७ ट्राफिक नजिकैबाट अवैध सामानसहित मिर्चैया नगरपालिका–५ निवासी ४५ वर्षीय विष्णुदेव महतोलाई पक्राउ गरेको छ ।

स १ प ९२०२ नम्बरको मोटरसाइकलमा भन्सार छलेर लुकाई राखिएको ३५ हजार मूल्य बराबरको किराना सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको सम्पूर्ण सामान जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ११ : ३३ बजे

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको

झण्डै ६० प्रतिशत मत खस्यो : आयोग 

काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६०

आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो

काठमाडौं – निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब

सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई बधाईको ओइरो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमा बधाईको ओइरो आएको छ