१३ लाख रुपैयाँको अवैध सामानसहित २ जना पक्राउ | Khabarhub Khabarhub

१३ लाख रुपैयाँको अवैध सामानसहित २ जना पक्राउ


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– प्रहरीले करीब १३ लाख मूल्य बराबरको अवैध सामानसहित सोमबार राति २ जनालाई पक्राउ गरेको छ । भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको किरानाका सामान तथा सवारीसाधनसहित प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट २ जनालाई पक्राउ गरेको हो ।

सिरहा नगरपालिका–३ मखनाहास्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बीआर ३२ जे १२०६ नम्बरको स्कारपियोमा भारतबाट नेपालतर्फ अवैध रूपमा लिएर आइरहेको किराना सामानसहित सिरहाको कल्याणपुर नगरपालिका–१२ निवासी ५० वर्षीय सरिफ राइनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

त्यसैगरी सिरहा नगरपालिका–७ ट्राफिक नजिकैबाट अवैध सामानसहित मिर्चैया नगरपालिका–५ निवासी ४५ वर्षीय विष्णुदेव महतोलाई पक्राउ गरेको छ ।

स १ प ९२०२ नम्बरको मोटरसाइकलमा भन्सार छलेर लुकाई राखिएको ३५ हजार मूल्य बराबरको किराना सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको सम्पूर्ण सामान जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ११ : ३३ बजे

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन – नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरूका

मलेसियामा जीबीलाई दश दिनसम्म खोजेर रित्तै फर्किएको थियो प्रहरी टोली

काठमाडौं – गोरखा मिडिया नेट्ववर्कका अध्यक्ष गितेन्द्रबाबु राईलाई नेपाल प्रहरीको

‘म ०७४ मै उठेको भए बालेन्द्र आउने थिएनन्’

काठमाडौं- देशमा संविधान दिवसको उत्सव चलिरहँदा यो साता केही चिरपरिचित

भारतविरुद्ध बङ्गलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट

काठमाडौं– भारतविरुद्धको पहिलो टेस्टमा बङ्गलादेश १४९ रनमा अल आउट भएको

जलवायु वित्त सार्वजनिक स्रोतबाटै ल्याउन दबाब दिन जनमार्च

काठमाडौं – विभिन्न जलवायु सम्बद्ध २४ संघसंस्थाले शनिबार (भोलि) जलवायु