ह्याम्स अस्पतालले शुरु गर्‍यो एयर एम्बुलेन्स सेवा « Khabarhub

ह्याम्स अस्पतालले शुरु गर्‍यो एयर एम्बुलेन्स सेवा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धम्बाराहीमा रहेको ह्याम्स हस्पिटलले एयर एम्बुलेन्स सेवा शुरु गरेको छ ।  अस्पतालले आफ्नो छतमा रहेको हेलिप्याडबाट सोमबार एयर एम्बुलेन्स सेवा शुरु गरेको हो ।

नेपाल नागरिक उड्डन प्राधिकरण एरोड्रम सेफ्टी स्टाण्डर्ड विभाग, सिनामंगलबाट अनुमति लिएर ह्याम्स अस्पतालको छतमा नव निर्मित हेलिप्याडमा एयर डाइनेस्टीको हेलिकोप्टरले सफल उडान तथा अवतरण गरेर एयर एम्वुलेन्स सेवा शुरु गरेको हो ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, प्रा.डा. भगवान कोईराला, प्रा.डा. अर्जुन कार्की, अस्पतालका अध्यक्ष राम शरण भण्डारी, मेडिकल डाइरेक्टर डा. भास्कर राज पन्तले संयुक्त रुपमा एयर एम्बुलेन्स सेवा उद्घाटन गरेका हुन् ।

नेपालको भौगोलिक अवस्था अनुकूल छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले दिवा सेवाको रुपमा १२ घण्टा एयर एम्वुलेन्स सेवा विस्तार गरेको अस्पतालका अध्यक्ष राम शरण भण्डारीले बताए ।

हेलिकोप्टर एयर एम्वुलेन्स सेवामा विगत ७ बर्ष देखि सक्रिय डा.संजय कार्कीले नेपालको दुर्गम क्षेत्रबाट विरामी ल्याउन एयर एम्वुलेन्सको रुपमा हेलिकोप्टर सेवा विस्तार गर्नु सजिलो र उपयुक्त भएको बताए ।  उनले भेन्टिलेटरको माध्यमबाट इर्मजेन्सी सेवाका विरामीहरु ल्याउन पनि हेलिकोप्टर सेवा उपयुक्त हुने बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ४ : २८ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा