महाकाली नदीमा पानीको वहाव बढ्यो, महेन्द्रनगर बजार क्षेत्र डुवानमा « Khabarhub

महाकाली नदीमा पानीको वहाव बढ्यो, महेन्द्रनगर बजार क्षेत्र डुवानमा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सोमबार रातिदेखि जारी वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई म‌ंगलबार बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार बिहानको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख १३ हजार क्युसेक पुगेको छ । पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइकाले यात्रुहरु अलपत्र परेका छन् ।

पहाडी जिल्लामा वर्षा नरोकिए अझै नदीमा पानीको बहाव बढ्न सक्ने प्रहरीको भनाइ छ । त्यसैगरी लगातारको वर्षाका कारण भीमदत्तनगरपालिका–२, ४, ६ र १८ का केही घर डुबानमा परेको छ ।

बजार क्षेत्रमा पानीको निकास नहुँदा खहरे खोलाको पानी बस्तीमा पस्दा सब्जीमण्डी पुरै जलमग्न भएको स्थानीय व्यापारीको भनाइ थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १२ : ०७ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि