मलाइका र अर्जुन कपुरको विवाह अप्रिल १९ मा ! « Khabarhub

मलाइका र अर्जुन कपुरको विवाह अप्रिल १९ मा !


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी ‘आइटम गर्ल’ मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको प्रेम धेरै पहिलेदेखि चर्चामा छ । यी दुईको सम्बन्धलाई लिएर बलिउडमा फेरि एक चर्चा शुरु भएको छ– अब यी दुईजना छिट्टै विवाह बन्धनमा बाँधिदै छन् ।

स्पटबोइका अनुसार अर्जुन र मलाइका आगामी अप्रिल १९ मा विवाह बन्धनमा बाँधिदै छन् । स्पटबोइको समाचारमा उल्लेख गरिएअनुसार यी दुईको विवाहमा केही सीमित व्यक्ति मात्रै पाहुना हुनेछन् ।

यी दुईले आफ्नो विवाहका केही पाहुनालाई निम्तो नै दिइसकेको पनि समाचारमा उल्लेख गरिएको छ ।

मलाइका र अर्जुनको विवाहमा अभिनेत्री दिपिका पादुकोण, अभिनेता रणवीर सिंह, करिना कपुर खान, करिस्मा कपुर लगायत केही सीमित व्यक्ति पाहुनाको रुपमा उपस्थित हुनेछन् ।

यी दुईजनाको विवाह इसाई परम्पराअनुसार हुने छ ।

यद्यपि, अर्जुन र मलाइका दुवैले भने आफूहरुको विवाह हुन लागेको खबर अफवाह मात्रै भएको बताउँदै आएका छन् ।

हालै एक अन्तर्वार्तामा मलाइकाले अर्जुन कपुरसँग आफ्नो ‘विशेष सम्बन्ध’ भएको स्वीकार गरेपनि विवाहको खबर भने हल्ला मात्रै भएको प्रतिक्रिया दिएकी थिइन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १२ : ५० बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित