मलाइका र अर्जुन कपुरको विवाह अप्रिल १९ मा ! « Khabarhub

मलाइका र अर्जुन कपुरको विवाह अप्रिल १९ मा !


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी ‘आइटम गर्ल’ मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको प्रेम धेरै पहिलेदेखि चर्चामा छ । यी दुईको सम्बन्धलाई लिएर बलिउडमा फेरि एक चर्चा शुरु भएको छ– अब यी दुईजना छिट्टै विवाह बन्धनमा बाँधिदै छन् ।

स्पटबोइका अनुसार अर्जुन र मलाइका आगामी अप्रिल १९ मा विवाह बन्धनमा बाँधिदै छन् । स्पटबोइको समाचारमा उल्लेख गरिएअनुसार यी दुईको विवाहमा केही सीमित व्यक्ति मात्रै पाहुना हुनेछन् ।

यी दुईले आफ्नो विवाहका केही पाहुनालाई निम्तो नै दिइसकेको पनि समाचारमा उल्लेख गरिएको छ ।

मलाइका र अर्जुनको विवाहमा अभिनेत्री दिपिका पादुकोण, अभिनेता रणवीर सिंह, करिना कपुर खान, करिस्मा कपुर लगायत केही सीमित व्यक्ति पाहुनाको रुपमा उपस्थित हुनेछन् ।

यी दुईजनाको विवाह इसाई परम्पराअनुसार हुने छ ।

यद्यपि, अर्जुन र मलाइका दुवैले भने आफूहरुको विवाह हुन लागेको खबर अफवाह मात्रै भएको बताउँदै आएका छन् ।

हालै एक अन्तर्वार्तामा मलाइकाले अर्जुन कपुरसँग आफ्नो ‘विशेष सम्बन्ध’ भएको स्वीकार गरेपनि विवाहको खबर भने हल्ला मात्रै भएको प्रतिक्रिया दिएकी थिइन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १२ : ५० बजे

लाङटाङ क्षेत्रमा बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाँच यात्रु र पाइलट

काठमाडौं– मुस्ताङ हेलिको एउटा हेलिकप्टर शुक्रबार दिउँसो रसुवाको लाङटाङ क्षेत्र

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको