नेकपा सांसदको आक्रोश– कुलमान घिसिङ र वर्षमान पुन ‘श्री ३ महाराज’ भए « Khabarhub

नेकपा सांसदको आक्रोश– कुलमान घिसिङ र वर्षमान पुन ‘श्री ३ महाराज’ भए


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्र बहादुर महतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘श्री ३ महाराज’को संज्ञा दिएका छन् ।

आफूले प्रतिनिधित्व गर्ने क्षेत्र कर्णालीको जुम्लामा अहिलेसम्म पनि विद्युत सेवा विस्तार नभएकोप्रति आपत्ति जनाउँदै सांसद महतले समस्या सुनाउन खोज्दा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले फोन नै नउठाउने गरेको भन्दै आक्रोश पोखे ।

‘कर्णालीको सदरमुकाम जुम्ला अहिले अँध्यारोमा छ । २०३८ सालमा बनेको २०० किलोवाटको बिजुली बिग्रिएर थन्केको अवस्थामा छ । त्यो बन्न अझै ३–४ महिना लाग्छ, । त्यस विषयमा मिडियामा पनि धेरै आइसक्यो । सामाजिक सञ्जालमा पनि यति धेरै चर्चा भइसक्यो । हामीले यति धेरै फोन गर्‍यौं, यति धेरै भेट्न खोज्यौं, हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज भनेको को भने कुलमान घिसिङ । अनि अर्का श्री ३ महाराज हुनुहुन्छ, वर्षमान पुन उर्जामन्त्री’ मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै महतले प्रश्न गरे, ‘फोन पनि उठ्दैन, भेटघाट गर्न पनि पाइँदैन । यी श्री ३ महाराजसँग हाम्रो जिल्लाको समस्या कसरी राख्ने हो ?’

विद्युत प्राधिकरण र उर्जा मन्त्रालयका अधिकारीहरु आफूहरुले प्रगति गरेको भनेर कुर्लिएको आरोप लगाउँदै सांसद महतले जुम्लाका १ लाख जनता भने अन्धकारमा बस्नु परिरहेको बताए ।

‘भारतलाई बत्ति बेच्दै छौं भन्दैछन् । कृपया हामीलाई बेचिदिनुहोस्, जुम्लालाई बेचिदिनुहोस्, तपाईंहरुको बत्ति कति छ ?’ सांसद महतले भने, ‘त्यहाँ पनि जनता छन्, त्यहाँ पनि मोबाइल छ, त्यहाँ पनि पढ्ने विद्यार्थी छन्, बिरामी छन् ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  २ : ४७ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका