काठमाडौं– सर्वोच्च अदालतले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालको पदस्थापनको निर्णय कार्यान्वयन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले विभागका महानिर्देशक ढकाललाई सरुवा गर्ने निर्णय कार्यान्वयन नर्गन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ ।
कर्मचारी समायोजनपछिको पदस्थापनका क्रममा ११ औं तहका ढकाललाई विभागको महानिर्देशकबाट सरुवा गरी विभाग मातहतमै सञ्चालित राष्ट्रिय औषधि प्रयोगशालामा पदस्थापन गरिएको थियो । यस्तै, विभागको महानिर्देशकमा उनीभन्दा एकतह जुनियर १० औं तहका पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।
आफूभन्दा जुनियर कर्मचारीलाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएर आफूलाई सोहि मातहतको कार्यलयमा पदस्थापन गरीएको भन्दै ढकालले असार २९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया