गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी « Khabarhub

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक वरिष्ठ नौसैनिक कमाण्डर मारिएको दाबी गरेको छ।

इजरायल रक्षा बल र आन्तरिक सुरक्षा निकायले संयुक्त रूपमा जारी गरेको वक्तव्यअनुसार उत्तरी गाजा क्षेत्रमा कार्यरत हमासको नौसैनिक इकाइका कमाण्डर युनुस मोहम्मद हुसेन अलियान सोमबार गरिएको आक्रमणमा मारिएका हुन् । 

उनी नौसैनिक बलको सञ्चालन, तालिम तथा हतियार तयारीको जिम्मेवारीमा रहेका बताइएको छ ।

वक्तव्यमा हालका हप्ताहरूमा उनले आफ्नो इकाइको क्षमता पुनःनिर्माण गर्दै सम्भावित आक्रमणको योजना बनाइरहेको आरोप लगाइएको छ । आक्रमणका क्रममा सर्वसाधारणलाई क्षति नहोस् भनेर सावधानी अपनाइएको पनि जनाइएको छ ।

यसैबीच, प्यालेस्टिनी रेड क्रिसेन्ट र स्थानीय स्वास्थ्य स्रोतका अनुसार दक्षिणी गाजाको अल–मवासी क्षेत्रमा मङ्गलबार गरिएको हवाई आक्रमणमा ३ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य निकायका अनुसार सन् २०२३ अक्टोबर ७ यता सो क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या ७२ हजार २४९ पुगेको छ भने १ लाख ७१ हजार ८९८ जना घाइते भएका छन् । क्षेत्रीय द्वन्द्व अझै चर्किँदै गएको देखिएको छ ।
 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : १४ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,