गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी « Khabarhub

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक वरिष्ठ नौसैनिक कमाण्डर मारिएको दाबी गरेको छ।

इजरायल रक्षा बल र आन्तरिक सुरक्षा निकायले संयुक्त रूपमा जारी गरेको वक्तव्यअनुसार उत्तरी गाजा क्षेत्रमा कार्यरत हमासको नौसैनिक इकाइका कमाण्डर युनुस मोहम्मद हुसेन अलियान सोमबार गरिएको आक्रमणमा मारिएका हुन् । 

उनी नौसैनिक बलको सञ्चालन, तालिम तथा हतियार तयारीको जिम्मेवारीमा रहेका बताइएको छ ।

वक्तव्यमा हालका हप्ताहरूमा उनले आफ्नो इकाइको क्षमता पुनःनिर्माण गर्दै सम्भावित आक्रमणको योजना बनाइरहेको आरोप लगाइएको छ । आक्रमणका क्रममा सर्वसाधारणलाई क्षति नहोस् भनेर सावधानी अपनाइएको पनि जनाइएको छ ।

यसैबीच, प्यालेस्टिनी रेड क्रिसेन्ट र स्थानीय स्वास्थ्य स्रोतका अनुसार दक्षिणी गाजाको अल–मवासी क्षेत्रमा मङ्गलबार गरिएको हवाई आक्रमणमा ३ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य निकायका अनुसार सन् २०२३ अक्टोबर ७ यता सो क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या ७२ हजार २४९ पुगेको छ भने १ लाख ७१ हजार ८९८ जना घाइते भएका छन् । क्षेत्रीय द्वन्द्व अझै चर्किँदै गएको देखिएको छ ।
 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : १४ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा