‘दुबई एक्स्पो’मा नेपालको सहभागितका विषयमा छलफल « Khabarhub

‘दुबई एक्स्पो’मा नेपालको सहभागितका विषयमा छलफल


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘दुबई एक्स्पो २०२०’ मा नेपाल सरकारको सहभागिता हुने विषयमा छलफल भएको छ ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र यूएईको परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्ला बिन जायद अल नयनबीच दुबई एक्स्पो २०२० मा नेपालको सहभागिताका विषयमा छलफल भएको हो ।

यूएईस्थीत नेपाली दूतावासले दिएको जानकारी अनुसार मन्त्री नयन र राजदूत ढकालबीच भएको भेटमा पर्यटन, व्यापार, कृषिमा लगानी, हवाईसेवा, दुबई एक्स्पो २०२० तयारी लगायतका विषयमा छलफल भएको हो । यूएईको ग्लोबल भिलेजमा समेत नेपाली स्टल राख्ने विषयमा पनि छलफल भएको राजदूत ढकालले जानकारी दिएका छन् ।

दुबई एक्स्पो २०२० मा नेपाल सहभागी हुन सरकारले ग्लोबल टेण्डर आह्वान गरेर आइईपी नामक कम्पनीले काम सुरु गरिसकेको छ । कम्पनीले अहिले दुबईमा स्टल निर्माण, प्रदर्शनीका लागि सामग्री आयात तथा तयारीको काम भइरहेको गरिहएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : २९ बजे

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर