२ करोड ठगी गरी फरार महिला प्रहरीको फन्दामा | Khabarhub Khabarhub

२ करोड ठगी गरी फरार महिला प्रहरीको फन्दामा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको करिब २ करोड रुपैयाँ ठगी गरी फरार रहेकी संचालक सदस्य प्रतिमा सिटौला पक्राउ परेकी छन् ।

काठमाडौं महानगरपालिका–२६ ठेगाना भएकी ३२ वर्षीया सिटौलालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार नुवाकोटको विदुरबाट पक्राउ गरेको हो ।

काठमाडौं टोखा नगरपालिका–९ स्थित नाङ्गलो दीप सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडकी संचालक सदस्य सिटौला सहकारीमा जम्मा भएको एक करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ ठगी गरी फरार भएकी थिइन् ।

सिटौला र सहकारीका पदाधिकारीहरुले २०७०/०७१ सालमा २ सय २ जना निक्षेपकर्ताहरुलाई आकर्षक सेवा, सुविधा र उपहार प्रदान गर्ने भन्दै विभिन्न प्रलोभनमा पारी रकम जम्मा गर्न लगाएका थिए ।

सिटौलासहित भएको ठगी मुद्दामा उच्च अदालत पाटनले २०७३ चैत ७ गते एक महिना कैद सजाय र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रहरीले सिटौलालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरेकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : १९ बजे

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन