एजेन्सी– भारतको उत्तराखण्डमा भएको दुई सडक दुर्घटनामा १५ जनाको ज्यान गएको छ । टिहरी–गढ्वाल नजिक कंगसालीमा मंगलबार बिहान एक स्कुल भ्यान दुर्घटना हुँदा ८ विद्यार्थीको मृत्यु भएको भारतीय प्रहरी अधिकारीले जनाएका छन् ।
उक्त दुर्घटनामा १० जना घाइते भएका छन् । भ्यानमा १८ बालबालिका सवार थिए ।
यस्तै, बद्रीनाथ हाईवेअन्तर्गतको लांबागढ नजिक एक बसमा चट्टान झर्दा ७ जनाको ज्यान गएको छ ।
उक्त बस बद्रीनाथबाट फर्किदै गर्दा दुर्घटनामा परेको भारतीय अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया