पिताको डिप्रेसन भावी सन्तानका लागि खतरनाक « Khabarhub

पिताको डिप्रेसन भावी सन्तानका लागि खतरनाक


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आमाको डिप्रेसनले बच्चाको स्वास्थ्यमा नकारात्मक असर पूराउने तथ्य त जगजाहेर नै छ । विभिन्न अध्ययनहरुले यसलाई पुष्टि गरिसकेका छन् । तर एक नयाँ अध्ययनले भने केवल आमाको मात्र होइन बाबुमा हुने डिप्रेसनले समेत भावी सन्तानको स्वास्थ्यमा असर पार्ने तथ्य पत्ता लगाएको छ ।

अध्ययन अनुसार बुवामा हुने डिप्रेसनका कारण आमाको गर्भमा रहेको शिशु कहिलेकाहीँ समयभन्दा छिटो जन्मिने सम्भावना हुन्छ । अर्थात् श्रीमानमा डिप्रेसनको समस्या हुँदा गर्भवती श्रीमती समय नपुगी सुत्केरी हुने जोखिम बढ्दछ ।

स्विडेनको सेन्टर फर हेल्ट इक्विटी स्टडिजका डाक्टर एन्डर्स जर्नका अनुसार डिप्रेसन पीडित आमाबुवा दुबै सन्तानको अपरिपक्व जन्मका लागि जिम्मेवार मानिन्छन् । त्यसैले बाबुआमा दुबैको मानसिक स्वास्थ्यको जाँच तथा उपचार आवश्यक हुन्छ ।

पिताको डिप्रेसनले गर्भको बच्चामा पर्ने असरका बारेमा व्याख्या गर्दै उनले पार्टनर डिप्रेसन ग्रस्त हुँदा गर्भवती महिलामा चिन्ता थपिने र त्यसले गर्भवती समेत डिप्रेसनमा फस्ने जोखिम रहने बताएका छन् । यसरी गर्भवती महिलामा डिप्रेसन हुँदा उनले समय भन्दा पहिले नै बच्चा पाउने जोखिम बढ्दछ ।

गर्भ नरहँदैको अवस्थामा पितामा हुने डिप्रेसनले पनि भावी बच्चाको स्वास्थ्यमा प्रभाव पार्दछ । डिप्रेसनका कारण पुरुषको शुक्रकिटको गुणस्तरमा क्षयीकरण हुन्छ । यसकारण त्यस्तो पुरुषको शुक्राणुबाट गर्भाधारण भै विकशित भएको भ्रुणको डिएनएमा प्रभाव पर्दछ । यसले गर्भको बच्चाको शारीरिक तथा मानिसक वृद्धि विकासमा असर पुग्दछ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : १७ बजे

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद