निगमद्वारा जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त | Khabarhub Khabarhub

निगमद्वारा जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल–जापान गन्तव्य उडानका लागि ‘ग्लोबल एडभान्स ट्रान्सपोर्ट कम्पनी’ लाई टिकट बिक्रीकर्ता (पिएसए) नियुक्त गरेको छ ।

निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै जापानको उडानबाट हुने राजश्व वृद्धिको लक्ष्यलाई उच्च महत्व दिँदै उक्त कम्पनीलाई पिएसए नियुक्त गरेको जनाएको हो । निगमले उक्त कम्पनीबाट व्यवसाय र सेवा दुवैलाई समायोजन गरी मुनाफामुखी प्रतिफलका लागि कम्पनी छनोट गरिएको उल्लेख गरेको छ ।

कम्पनीले नेपाल–जापानको उडानमा निगमलाई आवश्यक यात्रु उपलब्ध गराउने सुनिश्चितताका आधारमा पिएसए नियुक्त गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त कम्पनी जापानको ख्यातिप्राप्त ट्राभल एजेन्ट्स एचआइएस समूहबाट सम्बन्धन प्राप्त समूह भएको र यस समूहसँगको सहकार्ययुक्त एजेन्सीले नेपाल–जापान उडानको निरन्तरतालाई थप सशक्त पार्ने निगमको अपेक्षा छ ।

निगमले आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको छ । सन् २००८ देखि निगमको जापान उडान बन्द भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : ३८ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति