निगमद्वारा जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त « Khabarhub

निगमद्वारा जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल–जापान गन्तव्य उडानका लागि ‘ग्लोबल एडभान्स ट्रान्सपोर्ट कम्पनी’ लाई टिकट बिक्रीकर्ता (पिएसए) नियुक्त गरेको छ ।

निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै जापानको उडानबाट हुने राजश्व वृद्धिको लक्ष्यलाई उच्च महत्व दिँदै उक्त कम्पनीलाई पिएसए नियुक्त गरेको जनाएको हो । निगमले उक्त कम्पनीबाट व्यवसाय र सेवा दुवैलाई समायोजन गरी मुनाफामुखी प्रतिफलका लागि कम्पनी छनोट गरिएको उल्लेख गरेको छ ।

कम्पनीले नेपाल–जापानको उडानमा निगमलाई आवश्यक यात्रु उपलब्ध गराउने सुनिश्चितताका आधारमा पिएसए नियुक्त गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त कम्पनी जापानको ख्यातिप्राप्त ट्राभल एजेन्ट्स एचआइएस समूहबाट सम्बन्धन प्राप्त समूह भएको र यस समूहसँगको सहकार्ययुक्त एजेन्सीले नेपाल–जापान उडानको निरन्तरतालाई थप सशक्त पार्ने निगमको अपेक्षा छ ।

निगमले आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको छ । सन् २००८ देखि निगमको जापान उडान बन्द भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : ३८ बजे

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा,

झापाबाट २२ हात्ती भारत तर्फ

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले