मौसम अपडेट : आज बिहा‍नैदेखि देशभर वर्षा « Khabarhub

मौसम अपडेट : आज बिहा‍नैदेखि देशभर वर्षा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (शुक्रबार) बिहानैदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंसिकदेखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका अधिकांश ठाउँमा दिनभर हल्कादेखि मध्यम वर्षा हुनेछ ।

काठमाडौंमा बिहानैदेखिको वर्षा जारी छ । सँधै खण्डवृष्टि हुने काठमाडौं उपत्यकामा आजबिहानैदेखि सबैतिर पानी पर्दा नदीमा पानीको बहाब बढेको छ भने सडकमा पानी जम्म थालेको छ ।

देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित वर्षाका साथै मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसको प्रभावले पहाडि भु-भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी अनुमान यस्तो छ ।

भदौ २० गते (शुक्रबार)

दिउँसो: देशभरी आंसिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ साथै पश्चिमि र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।

राति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ साथै पश्चिमि र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भदौ २१ गते (शनिबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमि भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भदौ २२ गते (आइतबार )

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ६ : ३४ बजे

युट्युब हेरेरै व्यावसायिक कृषिमा सक्रिय

दाङ– अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने

‘पत्रकारमा फिल्ड रिपोर्टिङको जाँगर र सिर्जनशीलता भएसम्म एआईसँग डराउनु पर्दैन’ 

कुइयाङ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले पत्रकारको जागिर खोस्ने

घाँसको बीउ उत्पादन

राँझा– बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार