मौसम अपडेट : आज बिहा‍नैदेखि देशभर वर्षा | Khabarhub Khabarhub

मौसम अपडेट : आज बिहा‍नैदेखि देशभर वर्षा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (शुक्रबार) बिहानैदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंसिकदेखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका अधिकांश ठाउँमा दिनभर हल्कादेखि मध्यम वर्षा हुनेछ ।

काठमाडौंमा बिहानैदेखिको वर्षा जारी छ । सँधै खण्डवृष्टि हुने काठमाडौं उपत्यकामा आजबिहानैदेखि सबैतिर पानी पर्दा नदीमा पानीको बहाब बढेको छ भने सडकमा पानी जम्म थालेको छ ।

देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित वर्षाका साथै मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसको प्रभावले पहाडि भु-भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी अनुमान यस्तो छ ।

भदौ २० गते (शुक्रबार)

दिउँसो: देशभरी आंसिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ साथै पश्चिमि र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।

राति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ साथै पश्चिमि र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भदौ २१ गते (शनिबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमि भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भदौ २२ गते (आइतबार )

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ६ : ३४ बजे

पाकिस्तानको शाहिन्सद्वारा नेपालका लागि एक सय ५४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा

छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार

काठमाडौं- छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार-२०८१

‘अब ट्राइफिबियस कार बन्दैछ, नाडाको उड्ने कार फिर्ता हुन्छ’

काठमाडौँ – अहिले भृकुटीपण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले आयोजना गरेको

मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि शुक्रबार

४५ सय गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका डाक्टर जमानतमा रिहा

मेलबर्न– अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौँ मेडिकल सहकर्मीहरूको गोप्य भिडियो खिचेको