प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै किशोरीमाथि एसिड प्रहार | Khabarhub Khabarhub

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै किशोरीमाथि एसिड प्रहार


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जमा १५ वर्षीया एक किशोरीमाथि एसिड प्रहार भएको छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ६ गणेशमान चोकमा शुक्रवार विहान १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

शुक्रवार विहान सवा ६ बजेतिर वीरगञ्ज महानगररपालिका वडा नम्बर २ छप्कैया बस्ने वर्ष १६ का सम्साद मिया र वर्ष १६ कै माजिद आलमले खातुनमाथि एसिड प्रहार गरेका पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । उनीहरुले प्रहार गरेको एसिडले खातुनको छाती, दाहिने गाला र हात जलेको प्रहरीले जनाएको छ ।

एसिड प्रहारमा संलग्न मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने आलम फरार रहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रेम प्रस्ताव खातुनले अस्वीकार गरेपछि मियाले उनीमाथि एसिड प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

एसिड आक्रमणबाट घाइते खातुनलाई उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १० : १८ बजे

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही