ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार–खनाल « Khabarhub

ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार–खनाल


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन् ।

झापाको चन्द्रगढीमा शुक्रवार प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ ।”

वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टुङ्गिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने बताउँदै मुलुकको विकास र समृद्धिका लागि अब तीनै तहका सरकारलाई गतिशील बनाउनु पर्ने बताए ।

वर्तमान सरकारले संविधान कार्यान्वयन, सङ्घीय शासकीयस्वरुपअन्तर्गतका ऐन–कानून निर्माण र लागू गर्ने सन्दर्भमा उल्लेख्य काम गरेको उल्लेख गर्दै उनले सरकारले ल्याएका केही विधेयक विवादस्पद देखिएकाले ती विधेयकका विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १० : ५२ बजे

युट्युब हेरेरै व्यावसायिक कृषिमा सक्रिय

दाङ– अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने

‘पत्रकारमा फिल्ड रिपोर्टिङको जाँगर र सिर्जनशीलता भएसम्म एआईसँग डराउनु पर्दैन’ 

कुइयाङ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले पत्रकारको जागिर खोस्ने

घाँसको बीउ उत्पादन

राँझा– बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार