सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको ट्रकले ठक्कर दिँदा काठमाडौंमा १ जनाको मृत्यु भएको छ ।

त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको सेनाको बा १ ग ३४५६ नम्बरको ट्रकले बा ६८ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

सेनाको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइक चालकको काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको ट्रकले सोही दिशातर्फ गइरहेको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको हो । प्रहरीका अनुसार सुन्धारास्थित खानेपानी संस्थानको कार्यालय नजिकै उक्त दुर्घटना भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार मृत्यु हुनेमा अर्घाखाँची स्थायी घर भएका ३५ वर्षीय लेख मगर छन् ।

डिएसपी बोगटीका अनुसार मोटरसाइकललाई ठक्कर दिने सेनाको ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ११ : १६ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग