तस्करीमा संलग्न ६ मोटरसाइकल प्रहरीद्वारा नियन्त्रण | Khabarhub Khabarhub

तस्करीमा संलग्न ६ मोटरसाइकल प्रहरीद्वारा नियन्त्रण


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा–सिरहाको विभिन्न स्थानबाट प्रहरीले हिजो एकै दिन तस्करीमा संलग्न छ मोटरसाइकल तथा करीब रु तीन लाख मूल्य बराबरको मरिचलगायतको सामान बरामद गरेको छ ।

प्रहरी चौकी झाझपट्टीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा रु डेढ लाख मूल्य बराबरको मरिच लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा स६प २०१३, स१प ५४०१, स१प ६५०७ र स५प ४५२९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका चार वटै मोटरसाइकलमा करीब चार क्विन्टल मरिच लोड गरिएको थियो । यस्तै सादा पोशाकमा खटिएका प्रहरी गस्ती टोलीले सिरहा नगरपालिका १८ अराहाबाट भन्सार छलि नेपालतर्फ तस्करी भइरहेको सुर्तिजन्य पदार्थसहित स२प ६४९१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

त्यस्तै प्रहरीले भगवानपुर गाउँपालिका–५ इनरुवाबाट अवैध सोफिया मदिरासहित मदिरा लोड गरिएको बिआर३२डी २१५५ नंको भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले मदिरासहित सो मोटरसाइकल नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले बताए । बरामद भएका मोटरसाइकल र सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरी नायब उपरीक्षक बोहराको भनाइ छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ११ : ५८ बजे

धरानका मेयरलाई मन्त्रीको जवाफ- ‘ड्रामा’ गरेर धरानमा खानेपानी आउँदैन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले ‘ड्रामा’ गरेर धरानमा खानेपानीको समस्या समाधान

पारिलो घामसँगै टल्किएका हिमाल (तस्बिरहरू)

काठमाडौं- यो वर्षको हिउँद बित्न लाग्दा अहिलेसम्म नेपालमा माटो भिज्ने

राप्रपाले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्धको जनसंघर्षलाई सशक्त बनाउने जनाएको

बङ्गलादेश र विश्व बैंकबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता

ढाका– बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल

हतियारसहित चार जना भारतीय पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले चार जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको