रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण « Khabarhub

रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेङ्गुु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि, आम्दा अस्पताल, भीम अस्पताललगायतका अस्पतालमा आएका बिरामीको परिक्षणका क्रममा डेङ्गुको सङ्क्रमण देखिएको हो । पछिल्लो दुईदिनमा डेङ्गुुका बिरामीको सङ्ख्या बढेको प्रमुख गिरीले बताए । जसमध्ये ४२ जना उपचारपछि घर फर्किएका छन् ।

यो वर्ष भदौ महीनादेखि डेङ्गुको सङ्क्रमण फैलिएको हो । विगतका वर्षहरुको तुलनामा सङ्क्रमण नफैलिए पनि लामखुट्टेको सङ्ख्या वृद्धि हुने समय अझै बाँकी रहेकाले भदौदेखि मङ्सिरसम्मको अवधिमा डेङ्गुको सङ्क्रमण फैलिन सक्ने प्रमुख गिरीको भनाइ छ ।

स्थानीय तहहरुले वडास्तरबाटै सचेतामूलक कार्यक्रम सञ्चालन गरी डेङ्गुको सङ्क्रमण घटाउनुपर्ने उनको भनाइ छ । डेङ्गुको सङ्क्रमण नियन्त्रण नभए जनस्वास्थ्य कार्यालयमा डेङ्गु परीक्षण कीट अभाव हुने जनस्वास्थ्य प्रमुख गिरीले बताए ।” हामीसँग १०० वटामात्रै कीट छ । जिल्लाका दुई सरकारी अस्पताल भैरहवा भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा कीट उपलब्ध गराएका छौँ, बिरामी बढ्दै गए कीट अभाव हुनसक्छ ” उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालका शाखा अधिकृत विपीन क्षेत्रीले अस्पतालमा बिरामीको भीड रहे पनि डेङ्गुका बिरामीलाई प्राथमिकता दिएर उपचार गरिरहेको बताए । प्रदेशका अधिकांश जिल्लामा डेङ्गुुको सङ्क्रमण फैलिए पनि रुपन्देहीमा बढी देखिएको छ तर यसको नियन्त्रणका लागि खासै पहल भएको छैन ।

रुपन्देहीमा २०६७/०६८ मा पहिलोपटक डेङ्गुुको बिरामी फेला परेका थिए र सोही वर्ष चार जनाको मृत्यु भएको थियो । त्यसयता ०७३/०७४ मा दुई जना र ०७४/७५ मा दुई जना गरी चार जनाको मृत्यु भएको थियो । यो आठ वर्षको अवधिमा रुपन्देहीमा करीब एक हजार ५०० मा डेङ्गुको सङ्क्रमण देखिएको जनस्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : २२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ