चिया पकाउन लाग्दा ग्यास सिलिण्डर विस्फोट, चार घर नष्ट « Khabarhub

चिया पकाउन लाग्दा ग्यास सिलिण्डर विस्फोट, चार घर नष्ट


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– ग्यास सिलिण्डर पड्किँदा धादिङ चार घर जलेर नष्ट भएका छन् ।

विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा शुक्रबार बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको हो ।

लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो ।

ग्यास सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर पूर्णरुपमा नष्ट भएको उद्धारमा संलग्न राजकुमार भण्डारीले बताए । यससँगै रहेका अन्य दुई घरमा पनि आंशिक क्षति पुगेको छ ।

वृद्धवृद्धा मात्र बस्ने घरमा ग्यास चुहावट भई आगलागी भएको र सोही ग्यास सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ५५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग