रोजगार व्यवसायी संघको महाधिवेशन असोज ७ गते « Khabarhub

रोजगार व्यवसायी संघको महाधिवेशन असोज ७ गते


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको महाधिवेशन असोज ७ गते हुने भएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सरोज पोखरेलका अनुसार म्यानपावरको धरौटी रकम राख्न क्रम टुंगिएकाले अब महाधिवेशन मिति तय गरिएको हो ।

वैदेशिक रोजगार ऐन २०६४ संशोधनमा म्यानपावर धरौटी रकम बृद्धिसँग मर्जरमा जाने सुविधा सरकारले दिएको थियो । हाल वैदेशिक रोजगार व्यवसायी संघको सदस्यता १ हजार ५ सयभन्दा धेरै रहेको छ । संघमा कांग्रेसनिकट व्यवसायी र नकपा निकट व्यवसायीबिच प्रतिस्प्रधा हुने गरेको छ ।

हाल संघमा पूर्व एमाले र माओवादी गठबन्धनको कार्यसमिति रहेको छ । संघको महाधिवेशन २ वर्षमा हुने गरेको छ । २०७३ सालमा यता संघको महाधिवेशन भएको छैन । विभिन्न कारण संघको महाधिवेशन रोकिदै आएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : १६ बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी