रोजगार व्यवसायी संघको महाधिवेशन असोज ७ गते « Khabarhub

रोजगार व्यवसायी संघको महाधिवेशन असोज ७ गते


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको महाधिवेशन असोज ७ गते हुने भएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सरोज पोखरेलका अनुसार म्यानपावरको धरौटी रकम राख्न क्रम टुंगिएकाले अब महाधिवेशन मिति तय गरिएको हो ।

वैदेशिक रोजगार ऐन २०६४ संशोधनमा म्यानपावर धरौटी रकम बृद्धिसँग मर्जरमा जाने सुविधा सरकारले दिएको थियो । हाल वैदेशिक रोजगार व्यवसायी संघको सदस्यता १ हजार ५ सयभन्दा धेरै रहेको छ । संघमा कांग्रेसनिकट व्यवसायी र नकपा निकट व्यवसायीबिच प्रतिस्प्रधा हुने गरेको छ ।

हाल संघमा पूर्व एमाले र माओवादी गठबन्धनको कार्यसमिति रहेको छ । संघको महाधिवेशन २ वर्षमा हुने गरेको छ । २०७३ सालमा यता संघको महाधिवेशन भएको छैन । विभिन्न कारण संघको महाधिवेशन रोकिदै आएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : १६ बजे

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल