मलेसियामा सुपरभाइजरको हत्या अभियोगमा दुई नेपाली पक्राउ « Khabarhub

मलेसियामा सुपरभाइजरको हत्या अभियोगमा दुई नेपाली पक्राउ


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्नै कम्पनीका सुपरभाइजरको हत्या गरेको अभियोगमा मलेसियामा २ नेपाली पक्राउ परेका छन् । मलेसियामा कम्पनीले तलब नदिएको निहुँमा एक नेपाली सुरक्षा गार्डले हेल्टेमटले हानेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेपछि पक्राउ परेका हुन् ।

गत सोमबार उनले हेल्टेमटले हानेर हत्या गरेका थिए । उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । तर घटना कहाँ र कहिले भएको भन्ने विषयमा मलेसिया प्रहरीले पुष्टि गरेको भने छैन ।

मलेसियाली स्थानीय सञ्चार माध्यमका अनुसार सुरक्षा गार्डले तलव नपाएको निहुँमा हेल्मेटले हानेर मरणासन्न बनाएका सुपरभाइजर पछि मृतक भेटिएका थिए । मृत्य भएका सुपरभाइजर ५४ वर्षका मलेसियन नागरिक लिपोह मेङ रहेको जनाइएको छ ।

घटनास्थलको सीसीटीभी फुटेजमा १ तारिख बेलुकी ६ बजेर १० मिनेटमा नेपाली सुरक्षा गार्डले कुटपीट गरेको मलेसिया प्रहरीलाई उदृत गदै त्यहाँ स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेका छ ।

उनीहरुलाई घटना भएको अपार्टमेण्टबाट नै पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा दुईजना नेपाली सुरक्षा गाड तथा एक जना सुरक्षा गार्ड व्यवस्थापक भएको मलेसियाका स्थानिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : २८ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको