श्रीलंकासामू नेपालद्वारा १६० रनको लक्ष्य प्रस्तुत « Khabarhub

श्रीलंकासामू नेपालद्वारा १६० रनको लक्ष्य प्रस्तुत


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीले घरेलु टोलीलाई १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध ४२ ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन मात्रै बनाउन सक्यो ।

श्रीलंकाका बलरहरु हावी हुँदा नेपाली ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् । यद्यपि ओपनिङ ब्याट्सम्यान रित गौतम र कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे ।

रितले ८५ बलमा ४ चौकाको मद्दतमा ५४ रन बनाएका थिए भने रोहितले ८० बलमा ४७ रन बनाए । यस्तै, राशिद खानले १५ रन बनाए भने हरि बहादुर चौहानले १२ रन मात्रै बनाउन सके ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ९ ओभर खेलिरहँदा बर्षा भएपछि खेल ४२ ओभरमा घटाइएको थियो ।

नेपालविरुद्ध घरेलु टोलीका बलरहरुमा दिलसान मुघुसंख र नवोद परनाभिथानाले समान ३–३ विकेट लिए । श्रीलंका केही बेरमा ब्याटिङमा उत्रिँदैछ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  २ : ४६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार