आइओएमको प्रवेश परीक्षा स्थगित गर्न सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

आइओएमको प्रवेश परीक्षा स्थगित गर्न सर्वोच्चको अन्तरिम आदेश


२० भदौ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा नयाँ भर्नाका लागि भोलि ( शनिवार) हुन लागेको प्रवेश परीक्षा स्थगित गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले भोलि हुने आइओएमको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हो ।

चिकित्सा शिक्षा ऐन विपरित आइओएममा परीक्षा हुन लागेको भन्दै आयुष ओझाले सर्वोच्चमा रिट हालेका थिए ।

उनको रिटमा चिकित्सा शिक्षा ऐन मा भएको प्रवाधान र अहिले विभिन्न सरकारी चिकसत्सा शिक्षण संस्थाबाट निकालिएको विज्ञापनको छलफल गर्नुपर्ने देखिएको भन्दै सर्वोच्चले आइओएमको परीक्षा रद्ध गर्न अन्तरिम आदेश दिएको हो ।

आइओएममा नयाँ भर्नाका लागि एमवीवीएस तहको प्रवेश परीक्षा भोलि सञ्चालन गर्ने तय गरेको थियो । तर सर्वोच्चले परीक्षा तत्काल रद्ध गरी २५ गते दुइपक्षलाई छलफलका लागी बोलाएको छ ।

चिकित्सा शिक्षा ऐनमा मेडिकल विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको भएपनि ऐन कार्यन्वयन नभएको भन्दै मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरुले समेत विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २० भदौ २०७६, शुक्रबार  ४ : ३७ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा