जुम्ला रारा अल्ट्रा म्याराथन भदौ २९ | Khabarhub Khabarhub

जुम्ला रारा अल्ट्रा म्याराथन भदौ २९


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता यही भदौ २९ गते हुने भएको छ । कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय र भारत,चीनलगायतका अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने छ ।

शुक्रबार कर्णाली खेलकूद क्लब जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा म्याराथनका बारेमा जानकारी दिइएको हो ।
कर्णाली क्षेत्रको समग्र विकासबाट अधिकतम प्रतिफल हासिल गर्ने गरी आगामी दिनमा सम्भावित पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुगोस् भन्नका लागि म्याराथन आयोजना गरिएको कर्णाली खेलकूद क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

उनका अनुसार यो म्याराथनले कर्णालीमा पनि खेल पर्यटनको सम्भावना अधिक रहेको सन्देश प्रवाह गर्ने छ । यो म्याराथन नेपाल ट्रेल सेरिज २०१९ को प्रमुख पाँच अल्ट्रा म्याराथनमध्ये एक रहेको छ ।

म्याराथन कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट शुरु भएर टुँडिखेल, कर्णाली अस्पताल, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउर, काभ्रा, चौथा, भुलभुले र चुचेमारा भएर रारातालमा पुगेर समापन हुने बताइएको छ । प्रतियोगितामा खुला महिला र पुरुष गरी दुई समूहमा म्याराथन हुने छ ।

बालबालिकाका लागि पाँच किलोमिटर र एक किलोमिटर दौड सञ्चालन गराइने एथ्लेटिक्स धावक हरिबहादुर रोकायाले जानकारी दिए । उनका अनुसार दुवै समूहका विजेता धावकहरुलाई क्रमशः प्रथमलाई रु ७५ हजार, द्वितीयलाई रु ५० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिनेछ ।

यसैगरी टप टेनसम्ममा आउने खेलाडीलाई पाँच हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ । यो म्याराथनमा विजेता धावकले अन्नपूर्णमा पहिलो पटक हुन लागेको विश्वविख्यात, अल्ट्रा म्याराथन २०१९ को फाइनलमा विश्वका उत्कृष्ट खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न पाउने भएका छन् । म्याराथनमा सहभागिताका लागि दर्ता शुल्क एक हजार पाँच सय रुपैयाँ लाग्ने रोकायाको भनाइ छ ।

म्याराथन सञ्चालनका लागि जुम्लाका स्थानीय तहसँग समन्वय भइरहेको धावक रोकायाले बताउनु भयो । म्याराथनले रेसको ब्राण्ड नभई ठाउँको प्रमोशनमा टेवा पुग्ने उनको दाबी रहेको छ ।

एथ्लेटिक्स सङ्घका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले खेलकूद परिषद्मा भइरहने चर्को राजनीतिले नेपालको खेल क्षेत्रअघि बढ्न नसकेको बताए । अहिलेसम्म ४९ जिल्लामा एथ्लेटिक्स सङ्घ रहेका छन् । सङ्घले हरेक जिल्लाबाट नियमअनुसार खेलाडी उत्पादन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ५ : १२ बजे

कमला नदीमा कार्तिक स्नान गर्नको भीड, भूत-प्रेत’ हट्ने विश्वास (तस्बिरहरू)

काठमाडौं– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका

अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर

एजेन्सी– अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन बुधबार पूरा भएको

मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने भएको छ

शुक्रराज अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा अनुगमन

काठमाडौं– काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको

यी हुन् तौल घटाउने तीन सूत्र

पछिल्लो समय सुगर, प्रेसर, दम लगायत नसर्ने तथा दीर्घ रोगीहरूको