जुम्ला रारा अल्ट्रा म्याराथन भदौ २९ « Khabarhub

जुम्ला रारा अल्ट्रा म्याराथन भदौ २९


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता यही भदौ २९ गते हुने भएको छ । कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय र भारत,चीनलगायतका अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने छ ।

शुक्रबार कर्णाली खेलकूद क्लब जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा म्याराथनका बारेमा जानकारी दिइएको हो ।
कर्णाली क्षेत्रको समग्र विकासबाट अधिकतम प्रतिफल हासिल गर्ने गरी आगामी दिनमा सम्भावित पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुगोस् भन्नका लागि म्याराथन आयोजना गरिएको कर्णाली खेलकूद क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

उनका अनुसार यो म्याराथनले कर्णालीमा पनि खेल पर्यटनको सम्भावना अधिक रहेको सन्देश प्रवाह गर्ने छ । यो म्याराथन नेपाल ट्रेल सेरिज २०१९ को प्रमुख पाँच अल्ट्रा म्याराथनमध्ये एक रहेको छ ।

म्याराथन कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट शुरु भएर टुँडिखेल, कर्णाली अस्पताल, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउर, काभ्रा, चौथा, भुलभुले र चुचेमारा भएर रारातालमा पुगेर समापन हुने बताइएको छ । प्रतियोगितामा खुला महिला र पुरुष गरी दुई समूहमा म्याराथन हुने छ ।

बालबालिकाका लागि पाँच किलोमिटर र एक किलोमिटर दौड सञ्चालन गराइने एथ्लेटिक्स धावक हरिबहादुर रोकायाले जानकारी दिए । उनका अनुसार दुवै समूहका विजेता धावकहरुलाई क्रमशः प्रथमलाई रु ७५ हजार, द्वितीयलाई रु ५० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिनेछ ।

यसैगरी टप टेनसम्ममा आउने खेलाडीलाई पाँच हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ । यो म्याराथनमा विजेता धावकले अन्नपूर्णमा पहिलो पटक हुन लागेको विश्वविख्यात, अल्ट्रा म्याराथन २०१९ को फाइनलमा विश्वका उत्कृष्ट खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न पाउने भएका छन् । म्याराथनमा सहभागिताका लागि दर्ता शुल्क एक हजार पाँच सय रुपैयाँ लाग्ने रोकायाको भनाइ छ ।

म्याराथन सञ्चालनका लागि जुम्लाका स्थानीय तहसँग समन्वय भइरहेको धावक रोकायाले बताउनु भयो । म्याराथनले रेसको ब्राण्ड नभई ठाउँको प्रमोशनमा टेवा पुग्ने उनको दाबी रहेको छ ।

एथ्लेटिक्स सङ्घका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले खेलकूद परिषद्मा भइरहने चर्को राजनीतिले नेपालको खेल क्षेत्रअघि बढ्न नसकेको बताए । अहिलेसम्म ४९ जिल्लामा एथ्लेटिक्स सङ्घ रहेका छन् । सङ्घले हरेक जिल्लाबाट नियमअनुसार खेलाडी उत्पादन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ५ : १२ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू