यु–१९ एसिया कप– श्रीलङ्कासँग नेपाल पराजित | Khabarhub Khabarhub

यु–१९ एसिया कप– श्रीलङ्कासँग नेपाल पराजित


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यु–१९ एसिया कपको पहिलो खेलमा नेपाली युवा टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमामा भएको खेलमा नेपालले दिएको १सय६०रनको लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा पुरा गर्यो ।

नेपालका बलरले विकेट हात पार्न नसक्दा नेपाली टोलीले पहिलो खेलमा हार व्यहोरेको हो । त्यसोत, नेपालले दिएको लक्ष्य पनि मध्येम नै थियो ।

नेपालविरुद्ध ५ विकेटको जित हात पारेको श्रीलंकाका लागि कामिल मिश्राले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकसहित ५५ रन बनाए ।

यस्तै, अन्य ब्याट्सम्यानले अहान विक्रसिन्हाले ३० रन, अभिषेक तारिन्दुले २५ रन र कप्तान निपुन धनन्जयले १८ रन बनाएका थिए ।

श्रीलंकाविरुद्ध नेपाली बलर राशिद खानले २ विकेट हात पारे भने सागर ढकाल र पवन शरार्फले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेृर पहिलो ब्याटिङ गरेको नेपालले ४२ ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान रित गौतम र कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे ।

रितले ८५ बलमा ४ चौकाको मद्दतमा ५४ रन बनाएका थिए भने रोहितले ८० बलमा ४७ रन बनाए । यस्तै, राशिद खानले १५ रन बनाए भने हरि बहादुर चौहानले १२ रन मात्रै बनाउन सके ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ९ ओभर खेलिरहँदा बर्षा भएपछि खेल ४२ ओभरमा घटाइएको थियो ।
नेपालविरुद्ध घरेलु टोलीका बलरहरुमा दिलसान मुघुसंख र नवोद परनाभिथानाले समान ३–३ विकेट लिए ।

पहिलो खेलमा पराजित भएको नेपाली टोलीले अब दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ५ : ३२ बजे

‘दसैँ त आयो, मनमा खुसी आएन’ 

काठमाडौं– आज बिहानै गोमा विष्ट शङ्खमूल पार्क छेउमा माटो र

कञ्चनपुरमा चाडपर्वमा वन सुरक्षा गर्न द्रुत प्रतिकार्य टोली परिचालन

कञ्चनपुर– चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न

प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले गरे पदभार ग्रहण (तस्बिरहरू)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

मलेखु– अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ । बेनिघाट रोराङ

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं– निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले