डेंगुबाट चारको मृत्यु, ४२ जिल्लाका २ हजार ५ सय ५९ संक्रमित « Khabarhub

डेंगुबाट चारको मृत्यु, ४२ जिल्लाका २ हजार ५ सय ५९ संक्रमित


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेङ्गु सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको जनाएको छ ।

गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो । महाशाखा प्रमुख डा विवेक लालले सातै प्रदेशमा सङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित रु छ करोड १७ लाख खर्च पठाइएको जानकारी दिए ।

‘डेङ्गु सङ्क्रमण र रोकथाम’ विषयक अन्तरक्रियामा उनले सङ्क्रमणको जोखिम रहेका मुलुकका विभिन्न ४२ जिल्ला तथा ८५ स्थानीय तहमा रोग नियन्त्रणका लागि रु एक करोड ६६ लाख खर्च पठाइएको बताए ।

विशेषज्ञ डा बाबुराम मरासिनीले शरीरका विभिन्न अङ्गमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, पिसाब तथा बान्ता गर्दा रगत आउनेलगायत लक्षण देखा परेमा सतर्क हुनुपर्ने सुझाव दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा वासुदेव पाण्डेका अनुसार श्वास फेर्न अप्ठ्यारो हुने रोगको लक्षण देखिएमा रगतमा भएको प्लेटलेट्सको सङ्ख्या परीक्षण गर्नुपर्छ । एडिज लामखुट्टेका कारण रोगको सङ्क्रमण हुने हुँदा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्नुपर्ने उनले बताए ।

सरकारको तथ्यांक अनुसार साउन १ गतेदखि भदौ १७ गतेसम्म २ हजार ५ सय ५९ जनामा डेंगु रोगबाट संक्रमित भएका छन् ।

हालसम्म प्रदेश १ मा ७ सय ५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १ हजार ९३ जना, प्रदेश ४ मा ५ सय ७२ जना, प्रदेश ५ मा १ सय ५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ४० बजे

बीपी प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गरिने 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको

अस्ट्रेलिया–फिजीबीच रक्षा सम्झौता, दक्षिण प्रशान्तमा सुरक्षा सहकार्य सुदृढ हुने

सुभा– अस्ट्रेलिया र फिजीले दक्षिण प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य थप

श्रम संस्कृतिको चेतावनी- संविधान संशोधनका नाममा प्रदेश खारेज गर्ने दुस्साहस गरे स्वीकार्य हुँदैन

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संविधान संशोधनका

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी