त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु « Khabarhub

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अवतरण गर्दै हुनुहुन्छ भने खुसीको खबर छ । अब, जहाजबाट ओर्लेपछि लगेजका लागि घण्टौँसम्म लाइनमा बसेर झञ्झट बेहोर्नुपर्ने छैन ।

विमानस्थल कार्यालयले नेपालमै पहिलो पटक आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु गरेको हो । बेल्टको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलको सेवा स्तरोन्नतिको नयाँ थालनी भएको र यसलाई क्रमशः विस्तार गर्दै लगिने बताए ।

नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै विमानस्थलको सेवा सुदृढीकरणको कामलाई प्रथमिकताका साथ अघि बढाइने उनको भनाइ थियो ।

मन्त्री भट्टराईले पर्यटकीय पूर्वाधारको रूपमा रहेका विमानस्थलको भौतिक संरचना निर्माण र प्राविधिक सुविधा अभिवृद्धि गरिने उल्लेख गरे । अन्तर्राष्ट्रिय मापदण्डको यो सेवा विमानस्थलले आन्तरिकतर्फ पहिलो पटक लागू गरेको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार कन्भेयर बेल्टमार्फत एक घण्टामा एक हजार २०० ‘ब्यागेज’ ‘क्लियर’ हुन्छ र एक मिटरले ७५० केजी क्षमताको ब्यागेज समेट्छ । कन्भेयर बेल्ट ३९ मिटर लामो छ ।

यसले यात्रुलाई ब्यागेज लिन सहज छिटो हुनका साथै विमानस्थलको सरसफाइमा पनि सहयोग पुग्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । विमानस्थलबाट १० हेलिकप्टरसहित २० वटा वायु सेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : १२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि