उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना « Khabarhub

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर रहेको भन्दै वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित ‘स्विट मार्ट फुड प्रालि’ उद्योगलाई रु दई लाख जरिवाना गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालको उजुरीका आधारमा जिप्रकाले गरेको संयुक्त बजार अनुगमनका क्रममा उत्पादन स्थलको सरसफाइ तथा फोहर व्यवस्थापनको अवस्था कमजोर रहेको पाएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा उद्योगमा गरिएको अनुगमनका उद्योगको उत्पादन स्थल तथा आसपासको क्षेत्रमा सरसफाइ कमजोर रहेको र फोहर व्यवस्थापनमा समेत लापरबाही देखिएको छ । अनुगमनपछि उद्योगलाई उत्पादनस्थल र आसपासको क्षेत्रको सरसफाइ सुधार गरी १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशनसमेत दिइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १० : ५२ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका